कीवर्डहरू -

युरोपमा हुवावे म्युजिक एप तीन महिनासम्म निःशूल्क प्रयोग गर्न सकिने

युरोपमा हुवावे म्युजिक एप तीन महिनासम्म निःशूल्क प्रयोग गर्न सकिने

म्युजिक स्ट्रिमिङ प्लाटफर्म ‘हुवावे म्युजिक’ युरोपमा नयाँ सब्सक्राइबरले तिन महिना निशूल्क ट्रायल  प्रयोग गर्न पाउने भएका छन् ।  हुवावे म्युजिक मोबाइल एप युरोपमा हालै सार्वजनिक भएको हो ।

हुवावे म्युजिक एप ‘हुवावे एप ग्यालरी’ बाट डाउनलोड गर्न सकिने छ । हुवावे म्युजिक एपमा १ करोड १६ लाख मासिक प्रयोगकर्ता छन् । यस एपमा ५ करोड भन्दा बढि ट्रयाकहरु तथा १२ लाख एल्बमहरु उपलब्ध छन् ।

अहिले हुवावे म्यिजिक एप युरोपको युके, आयरल्याण्ड, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेल्जियम, स्वीजरल्याण्ड, नेदरल्याण्ड, प्रोतुगल, फिनल्याण्ड, स्वीडेन, नर्वे, डेनमार्क, अष्ट्रिया र ग्रीस लगायतका १६ देशमा उपलब्ध रहेको छ । अन्य देशमा पनि विस्तारै हुवावे म्युजिक विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।

एजेन्सीको सहयोगमा