कीवर्डहरू -

लकडाउनमा मनोरञ्जनको लागि इन्टरनेट प्रयोग सबैभन्दा बढी, अनलाइन दुर्व्यवहारको जोखिममा बालबालिका

लकडाउनमा मनोरञ्जनको लागि इन्टरनेट प्रयोग सबैभन्दा बढी, अनलाइन दुर्व्यवहारको जोखिममा बालबालिका

कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमण कम गर्न सरकारले देशभर लकडाउन घोषणा गरेको छ । यो लकडाउनको समयमा अनलाइन व्यवहार सम्बन्धि चाइल्ड सेफ नेटले गरेको सर्वेक्षणको रिपोर्ट सार्वजनिक भएको छ । जुन सर्वेक्षणमा जम्मा १२ सय २८ जना सहभागि भएका थिए ।

सर्वेक्षण अनुसार लकडाउनको समयमा ३४.५३ प्रतिशत मानिसले सबैभन्दा बढी दैनिक ४ देखि ६ घण्टा इन्टरनेट प्रयोग गर्ने  गरेको पाइएको छ ।

लकडाउन भन्दा अगाडि ४६.३४ प्रतिशत मानिसले सबैभन्दा बढी दैनिक १ देखि ३ घण्टासम्म इन्टरनेट प्रयोग गर्ने गरेका थिए ।

\"\" लकडाउनमा १ घण्टा भन्दा कम समय इन्टरनेट प्रयोग गर्नेको संख्या १.३८ प्रतिशत रहेको छ । भने ८.६३ प्रतिशत मानिसले दैनिक १२ घण्टा भन्दा बढी इन्टरनेट प्रयोग गर्ने गरेको सर्वेक्षणमा देखिएको छ ।

जबकि लकडाउन अघि ७.९८ प्रतिशत मानिसले दैनिक १ घण्टा भन्दा कम तथा २.२८ प्रतिशत मानिसले दैनिक १२ घण्टा भन्दा बढी इन्टरनेट प्रयोग गर्ने गरेका थिए ।

\"\"

यस सर्वेक्षणमा ८७.१ प्रतिशत मानिसले मोबाइल फोनबाट, १०.६ प्रतिशत मानिसले कम्प्युटर तथा २.३ प्रतिशत मानिसले ट्याबलेटबाट इन्टरनेट प्रयोग गर्ने गरेको देखिएको छ ।

त्यस्तै लकडाउनमा दैनिक धेरै प्रयोग हुने साइट तथा एपमा युट्युब रहेको छ भने सबैभन्दा कम प्रयोग हुनेमा फ्री फायर गेम रहेको छ ।

त्यसैगरी धेरै प्रयोग हुने दोस्रोमा फेसबुक, तेस्रोमा नेपाली न्यूज पोर्टल, चौथोमा इन्स्टाग्राम, पाचौँमा अन्तराष्ट्रिय न्यूज पोर्टल, छैटौँमा विकिपिडिया सहित अन्य सिमिलर साइट, सातौँमा स्कुल तथा कलेजका साइट र त्यसपछि टिकटक, ट्विटर, पब्जी, स्न्यापच्याट लगायत अन्य अनलाइन गेम रहेका छन् ।

\"\" इन्टरनेट मनोरञ्जनको लागि धेरै प्रयोग भएको सर्वेक्षणमा पाइएको छ । त्यसैगरी क्रमशः न्युज तथा जानकारीको लागि, आफन्त साथिभाईसँग जोडिन, शिक्षा तथा अन्यको लागि इन्टरनेट प्रयोग हुने गरेको पाइएको छ ।

\"\"

सरकारले अश्लील साइटमा प्रतिबन्ध लगाए पनि सर्वेक्षणमा ४१.७ प्रतिशत मानिसले अश्लील साइट प्रयोग गरेको देखिएको छ ।

त्यसैगरी सर्वेक्षणका अनुसार बालबालिकाहरु सबैभन्दा बढी अनलाइन दुर्व्यवहार तथा शोषनको जोखिममा रहेका छन् ।
\"\"