कीवर्डहरू -

अनलाइन कक्षा सञ्चालनको लागि इन्टरनेटमा १५ प्रतिशत छुट दिदै स्काई ब्रोडव्याण्ड

अनलाइन कक्षा सञ्चालनको लागि इन्टरनेटमा १५ प्रतिशत छुट दिदै स्काई ब्रोडव्याण्ड

अनलाइन कक्षा सञ्चालनको लागि स्काई ब्रोडव्याण्डले इन्टरनेट खरिदमा १५ प्रतिशत छुट दिने भएको छ । कोरोना भाइरसको समयमा विद्यालयलाई अनलाइन कक्षा सञ्चालनको लागि टेक्नोरियो र स्काई ब्रोडव्याण्डको सहकार्यमा १५ प्रतिशत छुट उपलब्ध गराइएको हो ।

स्काई ब्रोडव्याण्डका प्रमुख कार्यकारी अधिकृत सुमनलाल प्रधान बताउँछन्, ‘ कोरोना भाइरस महामारीको समयमा शिक्षक तथा विद्यार्थि पढाउने तथा सिक्ने क्रियाकलापमा सहभागी हुनुका साथै सस्तो मूल्यमा छुटको साथ इन्टरनेट पाउनेमा हाम्रो विश्वास रहेको छ’ ।

टेक्नोरियो सूचना प्रविधिमा काम गरिरहेको एउटा कम्पनी हो । जसले विद्यालयहरुलाई डिजिटलमा रुपान्तरण गर्नको लागि इन्फर्म सफ्टवेयरको विकास गरेको छ ।

\"\"

इन्फर्म सफ्टवेयरको प्रयोग गरी विद्यालयहरुले अनलाइनमै नतिजा सार्वजनिक गर्न, अनलाइन एडमिसन गर्न तथा अनलाइनबाटै विद्यार्थिहरुलाई पढाउन सक्छन् । इन्फर्म सफ्टवेयरको बारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस ।