कीवर्डहरू -

टेलिग्रामले यो बर्ष ग्रुप भिडियो कलको सुविधा थप्ने

टेलिग्रामले यो बर्ष ग्रुप भिडियो कलको सुविधा थप्ने

कोभिड १९ अर्थात कोरोना भाइरले गर्दा यतिबेला विश्वमा भिडियो कन्फेरेन्सिङको प्रयोग बढिरहेको छ । भिडियो कन्फेरेन्सिङको प्रयोग बढिरहेका बेला टेलिग्रामले पनि यो वर्ष अर्थात सन् २०२० मा सुरक्षित ग्रुप भिडियो कलको सुविधा थप्ने भएको छ ।

हालै टेलिग्रामका ४० करोड मासिक प्रयोगकर्ता भएपछि टेलिग्रामले सन् २०२० मा ग्रपु भिडियो कलको सुविधा थप्ने प्रतिज्ञा गरेको हो ।

एक वर्ष भन्दा कम समयमै टेलिग्रामका ३० करोड मासिक प्रयोगकर्ताबाट ४० करोड मासिक प्रयोगकर्ता पुगेका छन् ।

सुरक्षित इन्स्ट्यान्ट मेसेजिङ तथा भिओआइपी कलको सुविधा लिन दैनिक १५ लाख नयाँ प्रयोगकर्ताहरुले टेलिग्राम प्रयोग गरी रहेको कम्पनीले जनाएको छ । एजेन्सीको सहयोगमा