कीवर्डहरू -

इन्फोले सुरु गर्यो सहकारीबाट बैंकमा रकम ट्रान्सर सेवा

एमडबली मोबाईल बैंकिङ’ प्लेटर्फमबाट अब सहकारीका सदस्यले आफ्नो खाताको रकम नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा रकम ट्रान्सफर गर्न सक्नेछन्

इन्फोले सुरु गर्यो सहकारीबाट बैंकमा रकम ट्रान्सर सेवा

सहकारी संस्थाको खाताबाट बैंकमा रकम ट्रान्सफर गर्न सकिने सेवा इन्फोडेभलर्पस प्रा.लि.ले सुरु गरेको छ । इन्फोले विकास गरेको ‘एमडबली मोबाईल बैंकिङ’ प्लेटर्फमबाट अब सहकारीका सदस्यले आफ्नो खाताको रकम नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा रकम ट्रान्सफर गर्न सक्नेछन् ।

सहकारी संस्थाहरुले आफ्ना सदस्यलाई आईतबार (बैशाख १४) गतेबाट सेवा दिन सुरु गरेको कम्पनीका प्रवक्ता सुरेश कंशाकारले जानकारी दिनुभयो । सहकारी संस्थाले यस्तो सेवा सुरु गरेपछि सदस्यहरुले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका खातामा रकम ट्रान्सफर गर्न सकिने उहाँले बताउनुभयो ।

इन्फोडेभरर्पससँग झण्डै १ हजार सहकारी संस्था आवद्ध छन् । कम्पनीले मोबाईल बैंकिङ, एटिएम, ईबैंकिङ सेवा सुरु गरिसकेको छ । यसैगरी कम्पनीले केहि समय अघिदेखि ट्याब्लेट बैंकिङ सेवा पनि संचालनमा ल्याइसकेको छ ।

बैंकमा रकम ट्रान्सफरका साथै वालेटमा पनि सिधै रकम लोड गर्न सकिने सुबिधा छ । हाल ईसेवा वालेटमा रकम लोड गर्न मिल्ने र आगामी दिनमा अन्य कम्पनीका मोबाइल वालेटमा पनि रकम लोड गर्न मिल्ने कंशाकारको भनाई छ ।

इन्फोडेभरर्पससँग झण्डै १ हजार सहकारी संस्था आवद्ध छन् । कम्पनीले मोबाईल बैंकिङ, एटिएम, ईबैंकिङ सेवा सुरु गरिसकेको छ । यसैगरी कम्पनीले केहि समय अघिदेखि ट्याब्लेट बैंकिङ सेवा पनि संचालनमा ल्याइसकेको छ ।


नेचुरल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सिइओ बिकल्प पाठकले इन्फोडेल्फर्सद्वारा विकसित यस सेवा सहकारी क्षेत्रमा एक नयाँ प्रयोग भएको बताए । उनले भने "हाम्रा सदस्यहरूले यसलाई व्यापक स्तरमा प्रयोग गर्नुहुन्छ भन्ने कुरामा मलाई पूर्ण विश्वास  छ "।

इन्फोडेभरर्पसले बिगत १७ बर्षदेखि नेपालको बैंकिङ, माइक्रोफाइनान्स, सहकारीकासँगै सरकारी तथा गैरसरकारी प्रोजेक्टका सफ्टवेयरहरु निर्माणमा काम गरिरहेको छ ।