कीवर्डहरू -

आविस्कार केन्द्रले विकास गर्‍यो कोरोनाको बिरामीलाई खाना तथा औषधि पुर्‍याउने रोबोट 

आविस्कार केन्द्रले विकास गर्‍यो कोरोनाको बिरामीलाई खाना तथा औषधि पुर्‍याउने रोबोट 

राष्ट्रिय आविस्कार केन्द्रले कोरोना भाइरसबाट संक्रमित बिरामीका लागि खाना तथा औषधि पुर्‍याउने रोबोटको विकास गरेको छ ।

कोरोनाको बिरामीलाई खाना तथा औषधि पुर्‍याउने रोबोटको विकास गर्न अनुसान्धानकर्तालाई ११ दिन लागेको राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिएका छन् ।

\"\"

रोबोटमा प्रयोग भएको ट्रली नेपाली सेनाले दिएको र अन्य पार्टपुर्जाहरुको लागि लगभग ७५ हजार जति खर्च भएको छ ।

खाना तथा औषधि पुर्‍याउने रोबोट आइतबार नेपाली सेनाको छाउनी अस्पताललाई प्रदान गर्ने र अन्य यस्तै रोबोटको पनि माग भएकाले अरु यस्तै रोबोट पनि बन्ने आविस्कार केन्द्रले जनाएको छ ।

\"\"

यस मार्फत नर्स वा डक्टरले बिरामीसँग रियल टाइममा कुराकानी पनि गर्न सक्ने छन् । यसको प्रयोगका लागि नर्सिङ स्टेशनमा एक जना अपरेटर हुनेछन् । सुरज कार्कीको नेतृत्वमा मेकानिकल इन्जिनियरहरुले यो रोबोटको विकास गरेका हुन् ।

\"\"

यो पनि पढ्नुहोस ।


कोरोना रोकथाममा महाबिर पुन र आविस्कार केन्द्रले के के काम गरे ?


आविस्कार केन्द्रले तयार गर्‍यो इमरजेन्सी भेन्टीलेटर


आविस्कार केन्द्रले विकास गर्‍यो एरोसोल बक्स,  बिरामीले फेरेको सास सिधै डाक्टरसम्म पुग्न नसक्ने