कीवर्डहरू -

कोरोना भाइरसको बिमा ई-सेवाबाटै गर्न सकिने

कोरोना भाइरसको बिमा ई-सेवाबाटै गर्न सकिने

केही दिन अघि बिमा समितिले औपचारिक सुरुवात गरेको कोरोना भाइरसको बिमा लेख  ई-सेवा बाटै खरिद गर्न सकिने भएको छ ।

कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न तथा बिशेष गरी ग्रामीण स्तरसम्म न्युन आय भएका वर्गलाई समावेश गर्ने उदेश्यले कोरोना भाइरस सम्बन्धि बिमा लेखको सुरुवात भएको हो ।

ई-सेवाबाट बिमा लेख खरिद गर्न ई-सेवा एपको ‘इन्स्योरेन्स’ सेक्सनमा जानुहोस । इन्स्योरेन्स सेक्सनमा गएपछि ‘नन लाइफ इन्स्योरेन्स’ मा क्लिक गर्नुहोस । त्यसपछि आफुलो चाहेको बिमा कम्पनी छनौट गरी बिमा लेख खरिद गर्न सकिनेछ ।

बिमा पोलिसी खरिद गरेको १५ दिनपछि एकवर्ष सम्म पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएमा बिमा दाबी गर्न सकिने छ ।

कोरोना भाइरस सम्बन्धि बिमा लेखलाई दुई श्रेणीमा बिमाङ्क गरिएको छ । पहिलो बिमालेख १ लाख रुपैयाँको बिमाङ्कको छ भने दोस्रो बिमालेख ५० हजार रुपैयाँको रहेको छ ।

१ लाख रुपैयाँको बिमा लेख खरिद गर्न प्रतिव्यक्ति एकहजार रुपैयाँ लाग्ने छ भने परिवार वा संस्थागत रुपमा बिमा गरिएमा प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्ने छ ।

त्यस्तै ५० हजार रुपैयाँको बिमा लेख खरिद गर्न प्रतिव्यक्ति ५ सय रुपैया लाग्ने छ भने परिवार वा संस्थागत रुपमा बिमा गरिएमा प्रतिव्यक्ति ३ सय रुपैयाँ लाग्ने छ ।  नेपालमा सञ्चालनमा रहेका २० वटै निर्जीवन बिमा कम्पनीबाट बिमा योजना खरिद गर्न सकिने छ ।