कीवर्डहरू -

बुढानिलकण्ठ स्थित हिमालय बोर्डिङ स्कुलले सुरु गर्‍यो अनलाइन कक्षा

बुढानिलकण्ठ स्थित हिमालय बोर्डिङ स्कुलले सुरु गर्‍यो अनलाइन कक्षा

बुढानिलकण्ठ स्थित हिमालय बोर्डिङ स्कुलले अनलाइन कक्षाको सुरुवात गरेको छ । विद्यालयले सुरुमा एसईई विद्यार्थिलाई अनलाइनबाट पढाउन थालेको थियो ।

सो अनलाइन कक्षाबाट शिक्षक, विद्यार्थी तथा अभिभावकबाट राम्रो प्रतिक्रिया आएपछि विद्यालयले कक्षा ८ देखि माथिका कक्षाका विद्यार्थीहरुलाई पनि अनलाइन बाट पढाउन सुरु गरिसकेको छ ।

साथै कक्षा ७ देखि मुनिका कक्षाहरु पनि छिटै अनलाइनबाट सञ्चालन हुने विद्यालयले जनाएको छ ।

हिमालय बोर्डिङ स्कुललाई अनलाइन कक्षा सञ्चालनको लागि टेक्नोरियो इंक नामक आइटी कम्पनीले प्राविधिक सहयोग गरेको हो ।  टेक्नोरियोले हालै ‘इन्फर्म’ नामक सफ्टवेयर बजारमा ल्याएको छ ।

जसमार्फत अनलाइनबाट नतिजा सार्वजनिक गर्न, एडमिसन गर्न तथा अनलाइन कक्षा समेत सञ्चालन गर्न सकिन्छ ।