कीवर्डहरू -

नेपाली इन्नोभेसन र प्रविधिलाई एकिकृत गर्दै \'कोलाब्रेसन\' मा जानुपर्ने विज्ञहरुको सुझाब (भिडियो सहित)

प्रविधि बनाउन सजिलो भएपनि यसको सहि तरिकाले \'इमप्लिमेंट\' गर्न कठिन !

नेपाली इन्नोभेसन र प्रविधिलाई एकिकृत गर्दै \'कोलाब्रेसन\' मा जानुपर्ने विज्ञहरुको सुझाब (भिडियो सहित)

कोरोना नियन्त्रण र रोकथाममा प्रविधिको क्षेत्रबाट उल्लेख्य प्रयास भइरहेको भन्दै सरकारले सबैलाई एकिकृत गरेर प्रभावकारितामा जोड दिन आवश्यक रहेको बताएका छन । शनिवार नेपाल सरकारका प्रतिनिधिहरु सहित विभिन्न विज्ञहरुसँग भएको छलफलमा इन्टिग्रेटेड ट्रेसिङ तथा स्व परिक्षण एप ल्याउनु जरुरी हुने कुरामा जोड दिइएको छ ।

पूर्वमन्त्री गणेश शाहको संयोजकत्वमा आयोजना भएको वृहत छलफल कार्यक्रममा नाष्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले धेरै युवा, स्टार्टअप र सस्थाहरुले नयाँ इन्नोभेसन, एप्लिकेशन, रोबोट, भेन्टिलेटर लगायतका प्रविधिहरुको विकासमा काम गरिरहेको हुदा, यसलाई अझ प्रभावकारी बनाउन नेपाल सरकार र नाष्टले सहकार्य गर्ने बताए ।

\"\"

नाष्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले धेरै युवा, स्टार्टअप र सस्थाहरुले नयाँ इन्नोभेसन, एप्लिकेशन, रोबोट, भेन्टिलेटर लगायतका प्रविधिहरुको विकासमा काम गरिरहेको हुदा, यसलाई अझ प्रभावकारी बनाउन नेपाल सरकार र नाष्टले सहकार्य गर्ने बताए ।

प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलिले सरकारले विपद व्यवस्थापन केन्द«मा आइटीको समुह बनाएर भइरहेका प्रयासलाई एकिकृत गर्न लागिएको जानकारी दिए । डेटा एनालाइसिस गरि त्यसलाई नलेजमा रुपान्तर गरेर काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउदै उनले सरकारले यस तर्फ काम गरिरहको बताए ।

नेपाल टेलिकमले सुरुदेखि नै कोरोना नियन्त्रणमा विभिन्न प्रविधि र प्रयोगबाट काम भइरहेको प्रवन्ध निर्देशक डिल्लि अधिकारीले बताए । ट्राकिङ र ट्रेसिङमा सरकारसँग सहकार्य गरि टेलिकमले काम गरिरहेको बताउदै उनले टेलिकमबाट सञ्चालित कोरोना सर्भे प्रभावकारी भएको जानकारी दिए ।

\"\"

अहिलेको परिस्थितिमा डेटा एनालाइसिस गरि त्यसलाई नलेजमा रुपान्तर गरि एक्सनमा जानुपर्ने आवश्यक्ता रहेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका पुर्व सहसचिव विरेन्द « मिश्रले प्रदेश ५ सरकार र नगरपालिकाहरुले प्रयोग गरिरहेका विभिन्न एप्लिकेशनहरु प्रभावकारी भएको भन्दै सरकारले त्यसलाई एउटै ड्यासबोर्डमा ल्याउन सके अझ राम्रो हुने धारणा व्यक्त गरे । अहिलेको संकटको परिस्थितीले नेपाल अब डिजिटल प्रविधिमा जान सक्ने बातावरण बनेको भन्दै इन्नोभेटरहरुलाई अघि बढ्न प्रोत्साहन गरे ।

प्रदेश ५, आइसिटी बोर्डका कार्यकारी निर्देशक अनुप बास्कोटाले प्रदेश ५ सरकारले ल्याएको नेपाल ट्रेसिङ एप्लिकेशन मार्फत  कारोना संक्रमितलाई ट्राक गर्न सकिने भएपनि अझै नेपालमा प्रविधिको इप्लिमेन्टेसनमा समस्या रहेको बताए ।

प्रविधि बनाउन सजिलो भएपनि यसको सहि तरिकाले 'इमप्लिमेंट' गर्न कठिन भएको बताए । प्रदेश ५ ले विकास गरेको प्रविधि प्रदेश ६ र अन्यमा पनि प्रयोग गर्न लागिएको जानकारी दिदै उनले धेरै एप्लिकेशन सञ्चालन भएपनि त्यसको मोनिटरिङ, डेटा म्यानेजमेन्ट र सेक्युरिटीको कुरामा भने विशेष ध्यान दिनुपर्ने बास्कोटाले बताए ।

\"\"

ट्राकिङ र ट्रेसिङमा सरकारसँग सहकार्य गरि टेलिकमले काम गरिरहेको बताउदै प्रबन्ध निर्देशक डिल्ली अधिकारीले टेलिकमबाट सञ्चालित कोरोना सर्भे प्रभावकारी भएको जानकारी दिए

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको प्रविधि र इन्नोभेसन उप समितिका संयोजक प्रा.डा रमेश मास्केले अहिले विकास भइरहेका प्रविधिहरुलाई प्रोत्साहन गर्दै जानुपर्ने बताए । उनले भने, हामि डिप्रेस हुने नभइ इन्नोभेसनमा लाग्ने हो ।

नाष्टका वरिष्ठ निर्देशक तथा डा रबिन्द« ढकालले नाष्ट सरकारसँग सहकार्य गरि इन्नोभेटरलाई प्रवद्धन गर्दै प्रविधिको विकास र प्रयोगमा लगिरहेको बताए । कार्यक्रममा विभिन्न इन्नोभेटर तथा विज्ञहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा एआई विज्ञ डा. विशेष खनाल, राम लक्ष्मण रिमाल, पाइला टेक्नोलोजीका विनय राउत, नक्साका को फाउण्डर उत्तम पुडासैनी, स्मार्टपालिकाका मनोज भट्टराई लगायतले कोरोना नियन्त्रणमा आफुले गरिरहेका प्रयास र सरकारले गर्नुपर्ने संयोजन र सहयोगको बारेमा विचार राखेका थिए ।

\"\"

पूर्वमन्त्री गणेश शाह तथा शिक्षा मन्त्रालयको कोरोना नियन्त्रण सहयोग समितिका संयोजक गणेश शाहले अब सरकारले सबैको सहयोग र सहकार्यमा भइरहेका प्रविधिलाई व्यवस्थित गरि दुरदराजसम्म पहुच विस्तार गर्न लाग्नुपर्ने र यसतर्फ आवश्यक पहल गर्ने बताए ।

अनलाइन मार्फत भएको कोरोना नियन्त्रणमा इन्नोभेसन र प्रविधि विषयको कार्यक्रमको सञ्चालन हेमपाल श्रेष्ठ र राजन लम्सालले गरेका थिए । अनलाइन छलफलमा ९० जनाबढिको सहभागिता रहेको थियो ।

कार्यक्रमको पुरा भिडियो हेर्नुहोस :