नेपाल सरकारले अहिले मुख्य योजनाको रुपमा अगाडि सार्न लागेको अनलाईन कक्षा र त्यसको प्रभवकारिताबारे पुनर्बिचार गर्न पर्ने देखिएको छ । शहर केन्द्रित अवस्थालाई मध्यनजर गर्दै ल्याएको यो प्रणालीलाई एउटा राम्रो र नयाँ प्रयोगको रूपमा साथै डिजिटल युगमा प्रवेश गर्दै गरेको नेपाल जस्तो देशको लागि नयाँ आयाम हुन सक्छ।
यसलाई अगाडि बढाउँदा नराम्रो भने पक्कै हैन। त्यसको अलवा अहिलेको नेपालको सूचना सञ्चार क्षेत्रमा हेर्दा के सम्पूर्ण नेपाली हरु के त्यसबाट पूर्ण तया लाभदायी छनरु नेपालको कतिपय ग्रामिण क्षेत्रमा आहिले पनि टेलिभिजन त परै जाओस रेडियो साथै मोबाइल नेटवर्क सम्म राम्ररी पुग्न सकेको छैन।
यस्तो बेला केन्द्रिय सरकार र प्रदेश सरकार द्वारा भनिएको 'भर्चुअल शिक्षा' कत्तिको प्रभावकारी होला। की सहरी क्षेत्रका केही विद्यार्थीहरू लाई मात्र यसमा लाभान्वित गराउने । यो सबैले मनन गर्न जरुरी छ ।
एउटा कल फोन गर्नको लागि ३ घण्टा सम्म नेटवर्क पर्खिनु पर्ने अवस्था भएको ठाउँमा सुविधासमपन्न इन्टरनेटको पहुँच कसरी पुग्ला। कतिपय ठाउँमा अहिले सम्म पनि टुकी बत्ती बालेर बस्नु परेको अवस्थामा त्यहाँ टेलिभिजनको कल्पना गर्नु कहाँ सम्मको मूर्खता हुन सक्ला ।
यस्तो अवस्थामा देश हुँदा हुँदै केन्द्र र प्रदेशको राजधानीमा बसेर टेलिभिजन कक्षा अनलाईन कक्षाको बारेमा बहस गर्दा के यो सान्दर्भिक होला र ! त्यतिमात्र नभएर सहरमा बसेर पढने ६०% भन्दा बढी विद्यार्थी सबै ग्रामिण भेगका छन ।
विद्यार्थी मात्र नभई कतिपय ग्रामिण विद्यालयहरू र त्यहाँका शिक्षकहरुले अहिले सम्म कम्प्युटर कस्तो हुन्छ नदेखेको अवस्था छ। साथै कोरोना कारण लकडाउन भए सँगै अधिकांस विद्यार्थीहरु आफ्नो घर गएका छन। त्यसैले पनि सम्पूर्ण कुराबाट उनीहरू वञ्चित भएको देखिन्छ।
यस्तो बेला केन्द्रिय सरकार र प्रदेश सरकार द्वारा भनिएको 'भर्चुअल शिक्षा' कत्तिको प्रभावकारी होला। की सहरी क्षेत्रका केही विद्यार्थीहरू लाई मात्र यसमा लाभान्वित गराउने । यो सबैले मनन गर्न जरुरी छ ।
म एउटा सूचना प्रविधि क्षेत्रमा जोडिएको व्यक्ति भएको कारणले र देशको यस्तो अवस्था देख्दा र आफै सूचना प्रविधिलाई अगाडि बढाउन दिनरात लागिपरेको अवस्थामा अहिले आफैले अनलाईन शिक्षालाई प्रभावकारी नदेख्दा र देशको विभिन्न ठाउँको अवस्था मध्यनजर गर्दा आफूलाई पनि हिनताबोध भएको महसुस गरेको छु।
साथै सबै तिर भएको अनलाईन कक्षाको समाचार तथा अपडेट सुन्दा पढदा ग्रामिण भेगका बिद्यालय, शिक्षक, विद्यार्थी लगाएत अभिभावकहरुमा पनि मनोवैज्ञानिक असर परेको देखिएको छ ।
प्रज्वल शर्मा, लेखक आइसबर्ग टेक्नोलोजीका प्रबन्ध निर्देशक हुन् ।