कीवर्डहरू -

ड्रोनबाट सिमानाकामा निगरानी गरिदै

ड्रोनबाट सिमानाकामा निगरानी गरिदै

कञ्चनपुरको भिमदत्त नगरपालिकाले भारतसँग जोडिएका सिमानाकामा नेपाली तथा भारतीय नागरिहरुको आवतजावतको निगरानी गर्न ड्रोन सर्भिलेन्स गर्ने भएको छ ।  क्यामेरा जडान गरिएको ड्रोनबाट सिमानाका निगरानी गरिने भएको हो ।

ड्रोन सर्भिलेन्सको काम रोबोटिक्स एशोशिएसन नेपालले विभिन्न संघसंस्था तथा ड्रोन पाइलटलाई एकीकृत गरी निर्माण गरिएको ड्रोन र्‍यापिङ रेस्पोन्स टीमको फ्रेमवर्कमा आधारित रहेर हुनेछ ।

\"\"

यसको लागि नगरपालिकाले  रोबोटिक्स एशोसिएसन नेपाल फारवेस्टसँग सम्झौता गरिसकेको छ । यस कामको लागि सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थिहरुले पनि प्राविधिक सहयोग गर्नेछन् ।

सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेर ड्रोन र्‍यापिङ रेस्पोन्स टीमले यसको फ्रेमवर्कमा आधारित भएर काम गर्नेछ ।

\"\"

‘कञ्चनपुरको भीमदत्त नगरपालिकासँग सहकार्य गरेर हामीले ड्रोन सर्भिलेन्सको काम गरेका छौ अब छिटै उदयपुर र अन्य जिल्लामा पनि ड्रोन सर्भिलेन्सको काम गर्नेछौ, रोबोटिक्स एशोशिएसन नेपालका अध्यक्ष विकास गरुङ भन्छन्, ‘हाम्रो उदेश्य भनेको मानिसको गोपनियता तथा डेटा सुरक्षालाई सुनिश्चित गरी लकडाउनको निगरानी गर्न सरकारलाई सघाउनु रहेको छ ।

\"\"

कोरोना भाइरस विरुद्ध लड्न नेपाली इन्जिनियर्सहरुले अहिले विभिन्न प्रविधिको विकास गरिरहेका छन् । नेपाली इन्जिनियर्सहरुले फेश शिल्ड, पीपीई, बिरामीलाई खाना तथा औषधि पुर्‍याउने रोबोट, एरोसोल बक्स, चश्मा, बिरामी जाँच्ने बुथ, भेन्टिलेटर, मोबाइल एप र वेबसाइटको विकास गरेका छन् भने अन्य विभिन्न प्रविधिको विकास गरिरहेका छन् ।