कीवर्डहरू -

स्मार्टको कम्बो प्याकः ९८ रुपैयाँमै अनलिमिटेड कल सहित ३ जीबी डेटा

स्मार्टको कम्बो प्याकः ९८ रुपैयाँमै अनलिमिटेड कल सहित ३ जीबी डेटा

निजि क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले कम्बो प्याक सार्वजनिक गरेको छ । जुन प्याकमा अनलिमिटेड कल सहित डेटा पाउने सकिने छ ।

कोभिड १९ अर्थात कोरोना भाइरसले गर्दा यतिबेला सबै जना घरमा बसिरहेका छन् । यस्तो अवस्थामा सबै सँग कुराकानी गर्न यो प्याकले सहयोग गर्ने कम्पनीको विश्वास रहेको छ ।

\"\"

यो कम्बो प्याक करसहित ९८ रुपैयाँमा एक हप्ताको लागि मान्य हुने ३ जीबी डेटा र अनलिमिटेड कलको सेवा प्राप्त गर्न सकिने छ ।

अनलिमिटेड कल स्मार्ट देखि स्मार्ट नेटवर्कमा मात्रै प्रयोग गर्न सकिने छ । कम्बो प्याक सुचारु गर्न *१४१*७*२*१# डायल गर्नुपर्नेछ ।