कीवर्डहरू -

कोरोना भाइरस बिमा योजना आइएमई पेबाटै खरिद गर्न सकिने

कोरोना भाइरस बिमा योजना आइएमई पेबाटै खरिद गर्न सकिने

केही दिन अघि बिमा समितिले औपचारिक सुरुवात गरेको कोरोना भाइरस बिमा लेख आइएमई पेबाटै खरिद गर्न सकिने भएको छ ।

आइएमई पेबाट कोरोना भाइरस सम्बन्धि बिमा लेख खरिद गर्न आइएमई पेमा गई कोरोना भाइरस बिमा योजना ब्यानरमा ट्याप गर्नुपर्ने छ ।

त्यसपछि आफुले बिमा गर्न चाहेको कम्पनी छनौट गरी आइएमई पेबाट भुक्तानी गरि बिमा लेख खरिद गर्न सकिनेछ ।

कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न तथा बिशेष गरी ग्रामीण स्तरसम्म न्युन आय भएका वर्गलाई समावेश गर्ने उदेश्यले कोरोना भाइरस सम्बन्धि बिमा लेखको सुरुवात भएको हो ।

\"\"

बिमा पोलिसी खरिद गरेको १५ दिनपछि एकवर्ष सम्म पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएमा बिमा दाबी गर्न सकिने छ । कोरोना भाइरस सम्बन्धि बिमा लेखलाई दुई श्रेणीमा बिमाङ्क गरिएको छ ।

पहिलो बिमालेख १ लाख रुपैयाँको बिमाङ्कको छ भने दोस्रो बिमालेख ५० हजार रुपैयाँको रहेको छ । १ लाख रुपैयाँको बिमा लेख खरिद गर्न प्रतिव्यक्ति एकहजार रुपैयाँ लाग्ने छ भने परिवार वा संस्थागत रुपमा बिमा गरिएमा प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्ने छ ।

त्यस्तै ५० हजार रुपैयाँको बिमा लेख खरिद गर्न प्रतिव्यक्ति ५ सय रुपैया लाग्ने छ भने परिवार वा संस्थागत रुपमा बिमा गरिएमा प्रतिव्यक्ति ३ सय रुपैयाँ लाग्ने छ ।

नेपालमा सञ्चालनमा रहेका २० वटै निर्जीवन बिमा कम्पनीबाट बिमा योजना खरिद गर्न सकिने छ ।