कीवर्डहरू -

विदेशबाट नेपाल फर्किने जनशक्तिलाई रोजगारदातासँग जोड्न विवेकशीलले तयार पार्‍यो वेबसाइट 

विदेशबाट नेपाल फर्किने जनशक्तिलाई रोजगारदातासँग जोड्न विवेकशीलले तयार पार्‍यो वेबसाइट 

विदेशबाट नेपाल फर्किने नेपाली जनशक्तिलाई रोजगारदातासँग जोड्न वेबसाइट तयार भएको छ । विवेकशील नेपाली दलले ‘वर्क फोर नेपाल’ नामक उक्त पोर्टल तयार पारेको हो ।

यो वेबपोर्टलको उदेश्य भनेको विदेशबाट नेपाल फर्कने लाखौं दक्ष तथा अर्धदक्ष जनशक्तिलाई नेपालमै आ-आफ्नो पेशा, रोजगार र विषयगत दक्षता अनुसारको काममा जोड्नु रहेको छ ।

\"\" जसले गर्दा विदेशमा पाई आएको पारिक्षमिक, सेवा सुविधा बराबरकै अवसरहरु उपलब्ध गराउने, रोजगारदातासँग समन्वय गर्ने र सरकारी तथा गैरसरकारी अवसरहरुमा रोजगारको प्राथामिकताको लागि पहल गर्न सहज हुने विवेकशील नेपाली दलको विश्वास रहेको छ ।

यो वेब पोर्टल थोरै समयमा तयार पारिएको र सल्लाह सुझाब अनुसार यसमा अझै थप विशेषताहरु जोड्दै जाने विवेकशील नेपाली दलले जनाएको छ ।