कीवर्डहरू -

अब सबैले गूगल मिट निःशूल्क प्रयोग गर्न सकिने

अब सबैले गूगल मिट निःशूल्क प्रयोग गर्न सकिने

गूगलले आफ्नो भिडियो कन्फेरेन्सिङ टुल गूगल मिट सबैको लागि निःशूल्क उपलब्ध गराएको घोषणा गरेको छ । यस अघिसम्म पैसा तिरेर मात्र गूगल मिट प्रयोग गर्न सकिने व्यवस्था रहेको थियो ।

गूगलले विस्तारै अर्को हप्तादेखि गूगल मिट निशूल्क प्रयोग गर्न दिनेछ । तर सबैले निःशूल्क प्रयोग गर्न भने केही हप्ता लाग्नेछ ।

आगामि सप्टेम्बरसम्म गूगल मिट निशूल्क प्रयोग गर्न सकिने छ । सप्टेम्बरपछि ६० मिनेटसम्म मात्रै निशूल्क गूगल मिट प्रयोग गर्न सकिने छ । साथै मिटिङ १०० जना भन्दा बढी पनि सहभागि हुन पाइने छैन्न ।

कम्पनीले केही दिन अघि मात्रै गूगल मिटमा स्क्रीन शेयरिङ, रियल टाइम क्याप्सन र नयाँ लेआउटको सुविधा थपेको थियो ।

गूगल मिट प्रयोग गर्न गूगल अकाउन्ट अर्थात जिमेलको आवश्यकता पर्नेछ ।  गूगलले केही समय अगाडि गूगल ह्याङआउटको नाम परिवर्तन गरेर गूगल मिट बनाएको थियो ।