कीवर्डहरू -

चाँगुनारायण नगरपालिकालमा ड्रोन मार्फत सर्वेक्षण एवं थ्रिडी नक्शाकंन सुरु

चाँगुनारायण नगरपालिकालमा ड्रोन मार्फत सर्वेक्षण एवं थ्रिडी नक्शाकंन सुरु

भक्तपुरको चाँगुनारायण नगरपालिकामा लकडाउनको समयमा ड्रोन मार्फत् सर्वेक्षण एवं टुडी तथा थ्रिडी नक्साकंन सुरु भएको छ ।

यस परियोजनाले पहिलो चरणमा ड्रोनमार्फत काठमाडौं उपत्यकामा सर्वे तथा नक्साकंन गर्ने उदेश्य राखेको छ । भने विस्तारै यसलाई विस्तार गरेर अन्य ठाउँमा पनि सर्वे एवं नक्साकंन गर्ने परियोजनाको लक्ष्य रहेको छ ।

\"\"

यस परियोजनाको लागि नेपाल फ्लाइङ ल्याब्स, ड्रोन नेपाल, काठमाडौं विश्वविद्यालय, एयरलिफ्ट नेपाल, इसिमोड, नक्सा, पाथवे टेक्नोलोजी लगायत विभिन्न संघसंस्थाहरुको सहयोग रहेको छ ।

त्यस्तै हिमालयन इन्स्टिच्युट अफ रिस्क रिडक्सनले प्रकोप व्यवस्थापनको लागि डेटालाई कसरी प्रयोग गर्न सकिन्छ भनेर नगरपालिकासँग काम गर्नेछ ।

\"\"

‘अहिलेको यो प्रकोपमा ड्रोनको प्रयोग गरी त्यसबाट डेटा लिएर योजना बनाउने देखि प्रकोपको अवस्थाको समेत थाहा पाउन सकिने ड्रोन नेपालका सिईओ दर्पण पुडासैनी भन्छन्, ‘बिपदको समयमा मात्र नभएर अन्य विभिन्न अवस्थामा विभिन्न प्रयोजनको लागि ड्रोनको प्रयोग गर्न सकिन्छ ।
\"\"