कीवर्डहरू -

नेपालमै बनेको भेन्टिलेटरको सफल परीक्षण

नेपालमै बनेको भेन्टिलेटरको सफल परीक्षण

पाइला टेक्नोलोजीले आफुले बनाएको भेन्टिलेटरको धुलिखेल अस्पतालमा सफल परीक्षण गरेको छ ।

कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि आवश्यक पर्ने भन्टिलेटर धुलिखेल अस्पतालका एनेसथेसिया डाक्टरको सहयोगमा बुधबार सफल परीक्षण भएको हो ।

\"\" कम्पनीले केही समय अघि मात्र अल्ट्रा भायोलेट डिसइन्फेक्सन रोबोटको विकास गरेको थियो । पाइला टेक्नोलोजीले विकास गरेको रोबोट अस्पताल, बैक, एयरपोर्ट, मल, सुपरमार्केट, वायरहाउस, होटेल, कार्यालय तथा सार्वजनिक स्थानमा प्रयोग गर्न सकिने छ ।

साथै कम्पनीले नर्सिङ रोबोटको पनि विकास गरेको छ । जसको सहयोगले बिरामीलाई खाना तथा औषधि पुर्‍याउन सकिने छ ।
\"\"