कीवर्डहरू -

दराजले सुरु गर्‍यो ५५ लाख रुपैयाँ आर्थिक सहायता सहितको सहयात्री कार्यक्रम 

दराजले सुरु गर्‍यो ५५ लाख रुपैयाँ आर्थिक सहायता सहितको सहयात्री कार्यक्रम 

अनलाइन सपिङ वेबसाइट दराजले ‘दराज विक्रेता सहयात्री कार्यक्रम’ को सुरुवात गरेको छ । कोरोना भाइरसले साना तथा मध्यम उद्यम (एसएमई) क्षेत्रलाई पुर्‍याएको क्षेतिलाई न्युनिकरण गर्न दराजले ५५ लाख रुपैयाँ बराबरको आर्थिक सहायता सहितको सहयात्री कार्यक्रमको सुरुवात गरेको हो ।

दराजले सहयात्री कार्यक्रम मार्फत आफ्नो व्यवसायलाई सञ्चालन गर्न व्यवसायीलाई अनुरोध गरेको छ । सहयात्री कार्यक्रमले हजारौं साना तथा मध्यम व्यवसायलाई आफ्नो व्यवसाय अनलाइनमा लान र धेरै ग्राहकसामु पुग्न सहयोग हुने दराजको विश्वास रहेको छ ।

यस कार्यक्रम अन्तर्गत साना तथा मध्यम उद्यमलाई दराजले सन् २०२० को मे र जुन महिनाका लागि बजारमा सामान प्रवर्द्धन निःशूल्क र कम समयमै दराजमा पसल स्थापना गरिदिने छ ।

साथै कम्पनीले अनुभवि स्टाफ तथा विज्ञहरुको साथमा दराज युनिभर्सिटी मार्फत निशूल्क शिक्षा समेत प्रदान गर्नेछ ।

त्यस्तै ३० जुनसम्म सबै दराज विक्रेताहरुलाई साप्ताहिक भुक्तानी दिने, सबै एसएमई बिक्रेताको लागि दराज एपमा प्रचार गरिदिने, कार्यक्षमता सुधार गर्न विश्लेषणात्मक उपकरण निशूल्क दिने र नयाँ बिक्रेताहरुलाई अनलाइन पसल स्थापना तथा सञ्चालन गर्न पूर्ण सहयोग गर्ने जस्ता दराज सहयात्री कार्यक्रमका अन्य थप विशेषता रहेका छन् ।

आफ्नो व्यवसायलाई अनलाइनमा लान चाहाने बिक्रताले दराजको अनलाइन बिक्रेता वेबसाइटमा गई दर्ता गर्न वा दराजमा सम्पर्क गर्न सक्नेछन् ।