कीवर्डहरू -

आइसिटी दिवसको अवसरमा क्यान महासंघको \'गो डिजिटल-गो क्यासलेस\' वेबिनार   

आइसिटी दिवसको अवसरमा क्यान महासंघको \'गो डिजिटल-गो क्यासलेस\' वेबिनार   

सूचना प्रविधि क्षेत्रको एक उत्सवको रुपमा मनाउदै आइएको नेशनल आइसिटी डे(दिवस)को अवसरमा क्यान महासंघले गो डिजिटल शिर्षकमा विभिन्न वेबिनारको आयोजना गर्दैछ । मे २ अर्थात बैशाख २० गते क्यान महासंघले गो डिजिटल, गो क्यासलेस शिर्षकमा पहिलो वेबिनार सञ्चालन गर्नेछ ।


पहिलो कार्यक्रममा डिजिटल पेमेन्टका विषयमा अनलाइन अन्तकृया कार्यक्रम आयोजना हुनेछ । यस कार्यक्रम प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अली, राष्ट्र बैंकका निदेशक सुवास घिमिरे, नेपाल क्लियरिङ हाउसका सिइयो निलेश मान सिंह प्रधान र बैंकर एसोसिएसन नेपालका आइसिटी कमिटीका अध्यक्ष नारायण भुजुसँग एनटिएका वरिष्ठ निर्देशक आनन्दराज खनालले प्यानल डिस्कसन सञ्चालन गर्नुहुनेछ । कार्यक्रममा सहभागी हुन ID: 915 3095 0214 प्रयोग गरी जुम वेबिनारमा सहभागी हुन सकिनेछ ।


यसैगरी क्यानले मे ४, मे ६, मे ८ र मे १० मा पनि विभिन्न विषयमा अन्तकृया कार्यक्रम सञ्चालन गर्नेछ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको स्थापना दिवसको अवसरमा केहि वर्षदेखि नेपाल सरकारले मे २ लाई आइसिटी दिवसको रुपमा मनाउदै आएको छ ।

यस वर्ष कोरोना नियन्त्रणको लागि भएको लकडाउनको कारण सरकारको तर्फबाट कुनै आधिकारिक कार्यक्रम राखिएको छैन । यसै दिनको अवसरमा अन्य विभिन्न संस्था तथा समुहहरुले पनि अनलाइन छलफल, अन्तकृया कार्यक्रम आयोजना गरिरहेका छन ।