कीवर्डहरू -

रिलायन्स जिओले पनि सार्वजनिक गर्‍यो भिडियो कन्फेरेन्सिङ एप 

रिलायन्स जिओले पनि सार्वजनिक गर्‍यो भिडियो कन्फेरेन्सिङ एप 

कोरोना भाइरसले गर्दा विश्वमा भिडियो कन्फेरेन्सिङको प्रयोग बढिरहेको बेला रिलायन्स जिओले पनि आफ्नो एचडी भिडियो कन्फेरेन्सिङ एप सार्वजनिक गरेको छ । रिलायन्स जिओले ‘जिओ मिट’ नामक भिडियो कन्फेरेन्सिङ एप सार्वजनिक गरेको हो ।

जिओ मिटको निशूल्क योजनामा ५ जना सहभागी हुन सकिने छ भने विजनेश योजना १०० जना सम्म सहभागि हुन सकिनेछ । यसले मिटिङ होस्ट गर्नका लागि इमेल र ओटीपीमा आधारित लगइनलाई अनुमति दिनेछ ।

यसमा गेष्टहरु साधारण लिङक मार्फत जोडिन सक्छन् । जिओ मिटमा प्रयोगकर्ताहरु वेब ब्राउजरबाट समेत मिटिङमा जोडिन सक्नेछन् । जिओ मिट अहिलेलाई गूगल प्ले स्टोरमा उपलब्ध रहेको छ । अन्य विभिन्न माध्यममा पनि यो एप उपलब्ध हुनेछ ।

रिलायन्स जोओका अनुसार जिओ मिटले पनि कन्फेरेन्सको इतिहास प्रदान गर्नेछ भने सबै मिटिङहरु पीनद्वारा सुरक्षित गरिएको हुनेछ । एजेन्सीको सहयोगमा