कीवर्डहरू -

कक्षा ४ देखि १० कक्षा सम्मको पढाई अब डिसहोममै

कक्षा ४ देखि १० कक्षा सम्मको पढाई अब डिसहोममै

डिसहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि ‘डिशहोम घरमै क्लास’ कार्यक्रम सुरु गरेको छ ।

डिसहोम र डियरवाक लर्निङ सेन्टरको सहकार्यमा बैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मका विद्यार्थीहरुलाई ध्यानमा राखेर ‘डिशहोम घरमै क्लास’ कार्यक्रम सुरु गर्न लागिएको हो ।

डिसहोमले अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण हुने जनाएको छ ।

डिशहोमको च्यानल नम्बर ११४ मा कक्षा १० को, च्यानल नम्बर ११५ मा कक्षा ९, ८ र ७ को तथा च्यानल नम्बर ११७ मा कक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु बिहान ८ बजेदेखि बेलुकी ८ बजे सम्म प्रशारण हुनेछ ।

\"\"

यसका साथै विगत ६ महिना भन्दा बढी समय देखि विभिन्न कारणले डिशहोम रिचार्ज नगरेका पुराना ग्राहकहरुको लागि डिशहोमले बैशाख  २१ गते देखि लागु हुने गरी ३० दिन सम्मका लागि सम्पुर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराएको छ ।

यस सुविधाले लकडाउनको अवधिमाग्राहकहरुको आफ्नो परिवारसंगको बसाईलाई रमाईलो बनाउनअझ बढी सहयोग गर्नेछ भन्ने डिशहोमको आशा रहेको छ ।