कीवर्डहरू -

मेगा बैंकका ग्राहकले घरायसी सामान अर्डर गरेको २४ घण्टामै घरमा, छुटको पनि व्यवस्था

मेगा बैंकका ग्राहकले घरायसी सामान अर्डर गरेको २४ घण्टामै घरमा, छुटको पनि व्यवस्था

मेगा बैंक नेपालका ग्राहकहरुले लकडाउनको समयमा अर्डर गरेको २४ घण्टामा अत्यावश्यक घरायसी सामानहरु घरमै पाउने भएका छन् ।

यसको लागि मेगा बैंक र होम सप्लाइज बीच अर्डर गरेको २४ घण्टामा अत्यावश्यक घरायसी सामानहरु घरमै पुर्‍याउने सम्झौता भएको हो ।

होम सप्लाइजबाट खाद्यान्न, घरायसी सामान, तरकारी, ताजा मासु तथा बेकरी लगायतका सामग्री खरिद गर्दा मेगा बैंकका ग्राहकहरुले १० प्रतिशत वा ५०० रुपैयाँ सम्मको छुट पाउन सक्ने छन् ।

यो छुट पाउनको लागि मेगा बैंकको मेगा डोमेस्टिक कार्ड वा मेगा स्मार्ट बैंकिङ (क्युआर पेमेन्ट) बाट भुक्तानी गर्नुपर्ने छ । साथै क्यासब्याक पाउनको लागि ग्राहकले कम्तिमा पनि १५०० रुपैयाँको सामान खरिद गर्नुपर्ने हुन्छ ।

सामान अर्डरको लागि ९८४४२९६२२९ मा भाइबर तथा ह्वाट्सएपमा सम्पर्क गर्न सकिने छ । भने वेबसाइट बाट समेत सामान अर्डर गर्न सकिने छ ।