कीवर्डहरू -

विद्यार्थीलाई निःशूल्क इन्टरनेट उपलब्ध गराउन टेलिकमसँग नेविसंघको माग

विद्यार्थीलाई निःशूल्क इन्टरनेट उपलब्ध गराउन टेलिकमसँग नेविसंघको माग

विद्यार्थीलाई निःशूल्क इन्टरनेट उपलब्ध गराउन नेपाल विद्यार्थी संघले माग गरेको छ । नेपाल विद्यार्थी संघले नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई आइतबार विद्यार्थीलाई निःशूल्क इन्टरनेट उपलब्ध गराउन भन्दै ज्ञापनपत्र बुझाएको हो ।

नेपाल विद्यार्थी संघले सामाजिक उतरदायित्व अन्तर्गतको बजेटको सदुपयोग गर्न तथा अन्य आवश्यक प्रबन्ध मिलाउन समेत अनुरोध गरेको छ । लकडाउन सुरु भएपछि अहिले विभिन्न विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् ।