सेञ्चुरी कमर्सियल बैंक र एफवान सफ्ट इन्टरनेशनल बीच मोबाइल बैंकिङ सेवाको लागि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवास बहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार अब सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी पे’ नामक मोबाइल एप मार्फत मोबाइल बैकिंङ सेवा उपलब्ध गराउनेछ ।
सेञ्चुरी पे मार्फत ग्राहकले ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्स्फर, बिजुलीको महशुल, टिभि, इन्टरनेटको बिल भुक्तानी, मोबाईल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढी मर्चेन्टमा क्युआर कोडमार्फत भुक्तानी गर्न सक्नेछन ।
यसैगरी सेञ्चुरी पे मा आफ्नो मोबाईलमार्फत आफै मोबाईल बैंकिङ एक्टिभ गर्न सकिने छ । साथै फिंगरप्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिनेछ ।
एफवान सफ्टले तयार गरेको यो मोबाईल एपमा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको कम्पनीले जनाएको छ ।