कीवर्डहरू -

पुराना ग्राहकको लागि ३० दिनसम्म डिसहोमले  २०८ वटै च्यानल निःशूल्क उपलब्ध गराउने 

पुराना ग्राहकको लागि ३० दिनसम्म डिसहोमले  २०८ वटै च्यानल निःशूल्क उपलब्ध गराउने 

डिसहोमले विगत ६ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकेका ग्राहकहरूको लागि वैशाख २१ देखि ३० दिनसम्मको लागि  निःशुल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको छ ।

डिसहोमले निःशुल्क टोल फ्री नम्बर १६६००१२२००० र एनसेलको प्रयोगकर्ताको लागि ९८०११५५००० उपलब्ध गराएको र ग्राहकहरूले आफ्नो नाम, फोन नम्बर र ठेगाना टिपाउने ग्राहकलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म र नजिकैको घरैमा बसेका डिलर दाइ मार्फत घरैमा  रिचार्ज गर्ने व्यवस्था मिलाएको थियो ।

यसको अलावा पनि केही ग्राहहरुले रिचार्ज नगरेकाले डिसहोमले यस्तो व्यवस्था गरेको हो । डिसहोम नेपालको टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता भएको र स्याटलाइटको माध्यमबाट नेपालभरी नै सेवा प्रदान गरिरहेको छ ।

विश्वव्यापी रूपमा कोरोना भइरहेको महामारीका कारण देश भार  लकडाउन गरिएका कारण अधिकांश मानिस घरमा बस्न बाध्य रहेको समयमा रिचार्जको सुविधा नपएर रिचार्ज गर्न नपाएका ग्राहकहरुलाई मध्यनजर गरी यो कार्यक्रामहरु घोषणा गरेको हो ।

यसअघि नै सिनेमाहलहरु बन्द भएको अवस्थालाई मध्यनजर गर्दै डिसहोमले सिनेमा घरको सुविधा उपलब्ध गराएको थियो । जसबाट  डिसहोमको १०८ र ८८८ च्यानलमा नयाँ नयाँ फिल्महरू पैसा तिरेर पनि हेर्ने व्यवस्था मिलाएको थियो ।

डिसहोमले २०८ वटा च्यानलहरू प्रसारण गरिरहेको छ । लकडाउनको बेलामा घरमा बस्नाका लागि डसिहोम एकदमै भरपर्दो साथी बन्दै आएको छ ।