कीवर्डहरू -

अनलाइन शिक्षाको लागि डिजिटल इन्फास्ट्रक्चर र लोकल कन्टेन्टको विकासमा ध्यान दिनु आवश्यक

डिजिटल शिक्षामा डिजिटल संवाद

अनलाइन शिक्षाको लागि डिजिटल इन्फास्ट्रक्चर र लोकल कन्टेन्टको विकासमा ध्यान दिनु आवश्यक

शनिवार सूचना प्रविधि दिवसको अवसरमा भएको एक अनलाइन अन्र्तकृयामा डिजिटल एजुकेशन तथा अनलाइन लर्निङ प्रवद्धन गर्ने सुनौलो अवसर आएको सहभागीहरुले बताए । नेपालमा केहि विश्वविद्यालय , कलेज तथा विद्यालयहरुले अनलाइन शिक्षा सुरु गरिसकेको भएपनि यसलाई दुरदराजसम्म पुर्याउन र निम्न स्तरका विद्यार्थीहरुले पनि लाभ लिनसक्ने वातावरण बनाउन डिजिटल इन्फास्ट्रक्चर र लोकल कन्टेन्टको विकासमा विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।

\"\"

डिजिटल शिक्षा रुपान्तरणमा यो सुनौलो अवसर भएको भन्दै काठमांडौ विश्वविद्यालका प्रा.डा मनिष पोखरेलले नेपालमा ३ हजारको हाराहारीमा सामुदायिक तथा सरकारी विद्यालयहरु भएपनि त्यसमध्ये केहि प्रतिशतमा मात्र इन्टरनेट र ल्याबको व्यवस्था रहेको बताए । सरकारले मास्टरप्लान र अन्य योजनाहरु बनाएपनि प्रभावकारी नभएको कारण शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । प्याब्सनका अध्यक्ष टिकाराम पुरीले सरकारले कनेक्टिभिटी तथा डिजिटल इन्फास्ट्रक्चरमा ध्यान दिएमा प्याब्सन डिजिटल एजुकेशनलाई अघि बढाउन तयार रहेको बताए । अहिलेपनि विभिन्न प्याब्सन , कारखाना , जिइजिसँग सहकार्य गरि अनलाइन ट्रेनिङसँगै धेरै विद्यालयहरुमा अनलाइन कक्षाहरु सुरु गरेको बताए । शिक्षालाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको पुरीको भनाई थियो ।

पुर्वमन्त्री गणेश शाहको संयोजकत्वमा सञ्चालन भएको डिजिटल संवादमा विभिनन देश र विदेशबाट १ सय ६० जनाबढिको अनलाइन सहभागिता रहेको थियो ।

पुर्वमन्त्री गणेश शाहको संयोजकत्वमा सञ्चालन भएको डिजिटल संवादमा विभिनन देश र विदेशबाट १ सय ६० जनाबढिको अनलाइन सहभागिता रहेको थियो । त्रिभुभव विश्वविद्यालयका एमसिएसआइटीका विभागिय प्रमुख नवराज पौडेलले कनेक्टिभिटी , लोकल कन्टेन्ट र शिक्षा कस्ट इफेक्टिभ बनाउनुपर्नेमा जोड दिए । पोखरा विश्वविद्यालयका टेक क्षेत्रीले अहिलेको अवस्थामा नै हामि पुर्णरुपमा अनलाइन शिक्षा दिन नसकिने बताउदै सरकारको विशेष योजना आउनुपर्ने बताए । पुर्वाञ्चल विश्वविद्यालय , मध्य पश्चिमाञ्चल विश्वविद्यालयका प्रतिनिधीहरुले पनि विभिन्न रिसोर्स र प्रविधिको व्यवस्थापन गर्दै अनलाइन कक्षामा प्रयास गरिरहेको बताए ।

डिजिटल लर्निङमा एकदशकबढि काम गरिसकेको मिदासले विभिन्न प्लाटफर्महरु विकास गरेपनि डिजिटल इन्फास्ट्रक्चर र दक्ष शिक्षकको अभावमा प्रभावकारी हुन नसकेको बताउदै यो समय अब प्रभावकारी ढंगले अघि बढाउन सबैपक्ष लाग्नुपर्ने बताए । टिच फर नेपालका शिशिर खनालले डिजिटल शिक्षामा कम आयभएका तथा कम्युनिटी विद्यालयलाई जोड्नुपर्ने बताए । बालवालिका तथा परिवारमा इन्टरनेट र स्मार्ट डिभाइसहरु नै नहुने र शिक्षकसँग अनुभवको कमि भएकोले अहिले नै अनलाइन शिक्षा प्रभावकारी नहुने तर यसको लागि निरन्तर काम गर्दै आगामी दिनमा व्यवस्थित गर्न सकिने धारणा राखे ।

\"\"

फ्युजमेशिनले नेपालमा पहिलोपटक एआईमा आधारित फ्युज क्लासरुप ल्याएको बताउदै पराग श्रेष्ठले यस मार्फत डिजिटल शिक्षामा रुपान्तरण गर्न सकिने बताए ।

फ्युजमेशिनले नेपालमा पहिलोपटक एआईमा आधारित फ्युज क्लासरुप ल्याएको बताउदै पराग श्रेष्ठले यस मार्फत डिजिटल शिक्षामा रुपान्तरण गर्न सकिने बताए । अहिले एक दर्जन शढि विद्यालयहरु यसमा आवद्ध भइसकेको बताउदै अब हामिले लकडाउनको लागि मात्र नभएर भोलीको लागि पनि सोच्नुपर्ने कुरामा जोड दिए ।

अब सरकारले योजनावद्ध कार्यक्रमहरु ल्याएर लकडाउन तथा कोरोना प्रकोपसम्म कसरी जाने र त्यसपछि निरन्तर कसरी प्रभावकारी रुपमा अघि बढाउने भन्नेबारेमा ध्यान दिनुपर्ने विद्यार्थी निकेतनकि सर्जनी जोशीले बताइन । कम्युनिटी विद्यालयमा अहिले अनलाइन कक्षा सञ्चालन गर्न सजिलो नभएको अनुभव जोशीको छ । समृद्धी एजुकेशन फाउण्डेसनका सिइयो नरेश प्रसाद श्रेष्ठले शिक्षालाई प्रविधिमैत्री बनाउन जोड दिनुपर्ने र आफुहरुले विभिन्न प्रविधि र टुल्सहरुको प्रयोग गरि कक्षा सञ्चालनमा ल्याइसकेको धारणा व्यक्त गरे ।

कम्युनिटी विद्यालयमा अहिले अनलाइन कक्षा सञ्चालन गर्न सजिलो नभएको अनुभव

कार्यक्रममा टेक्नोरियोका निदेश मास्केले नेपालमा उपलब्ध विभिन्न टुल्सहरुको बारेमा जानकारी दिए । कुन टुल्स र प्रविधि प्रयोग गर्ने विषयमा ध्यान दिनुपर्ने उनले बताए । विभिन्न रिसोर्स र प्रविधिको व्यवस्थापन गर्र्नुपर्ने बताउदै उनले मास्केले ओपन सोर्स टुल्सहरु अहिले उपयुक्त हुने सुझाव दिए । कार्यक्रममा प्रा. डा. रमेश मास्केले हामीसँग भएको रिसोर्स र टुल्सको सहि ब्यबस्थापन र कम्युनिटीमा इन्टरनेट सेवा बाढेर भएपनि अहिले ढिलो नगरी अनलाइन लर्निंगलाइ अघि बढाउनुपर्ने बताए ।

पुर्वमन्त्री तथा शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा गठित विशेष समितिका संयोजक गणेश शाहले अब सरकारले शिक्षालाई प्रविधिमैत्री बनाउदै सबैलाई यसको पहुचमा ल्याउन ध्यानदिनुपर्ने बताए । शिक्षा मन्त्रालयले विभिन्न योजनाहरु बनाइरहेको सन्दर्भमा भएको छलफलले सरकारलाई सुझाव दिन सहयोग गरेको शाहले बताए । हेमपाल श्रेष्ठ र राजन लम्सालले सञ्चालन गरेको कार्यक्रममा अष्ट्रेलिया , हंगेरी , सिंगापुर लगायतका देशहरुबाट विज्ञहरुले त्यहाको अनुभव बताउदै कसरी अघि बढ्ने भन्ने विषयमा धारणा राखेका थिए । डिजिटल संवाद हरेक शनिवार एक बजे प्रविधि क्षेत्रका विभिन्न विषयमा विज्ञहरु छलफल तथा अन्तकृया हुदै आएको छ ।