कीवर्डहरू -

कृषकको उत्पादन खरिद बिक्री गर्न कृषि तथा पशुपंक्षी मन्त्रालयले सञ्चालनमा ल्यायो डिजिटल कृषि बजार

कृषकको उत्पादन खरिद बिक्री गर्न कृषि तथा पशुपंक्षी मन्त्रालयले सञ्चालनमा ल्यायो डिजिटल कृषि बजार

कृषि तथा पशुपंक्षी मन्त्रालयले कृषकको उत्पादन खरिद बिक्री गर्नको लागि ‘डिजिटल कृषि बजार’ सञ्चालनमा ल्याएको छ ।

कोभिड १९ अर्थात कोरोना भाइरसको कारण देश लकडाउनमा भएको समयमा किसानले गरेका उत्पादन बिक्री बितरणमा समस्या आएपछि कृषि तथा पशुपंक्षी मन्त्रालयले डिजिटल कृषि बजारको बेटा भर्सन आइतबारबाट सञ्चालनमा ल्याएको हो ।

डिजिटल कृषि बजारको माध्यमबाट लकडाउनमा किसानले आफ्ना उत्पादनहरु बिक्रीको लागि सिधैं खरिदकर्तासँग सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

किसानले आफुले गरेका उत्पादन, त्यसको मूल्य, परिमाण, फोन नम्बर र ठेगाना लगायतको विवरण डिजिटल कृषि बजारको वेबसाइटमा राख्न सक्ने छन् । उक्त विवरणको आधारमा किसान र खरिदकर्ताले सम्पर्क गरी उत्पादनको किनबेच गर्न सक्नेछन् ।