कीवर्डहरू -

अनलाइनबाटै निःशूल्क नबिल बैंकको खाता खोल्न सकिने, इन्टरनेट तथा मोबाइल बैंकिङको लाभ लिन सकिने

अनलाइनबाटै निःशूल्क नबिल बैंकको खाता खोल्न सकिने, इन्टरनेट तथा मोबाइल बैंकिङको लाभ लिन सकिने

नबिल बैंकले कोभिड १९ अर्थात कोरोना भाइरस महामारीको समयमा सुरक्षित कारोबार गर्न अनलाइनबाटै निशूल्क खाता खोली सिमित कारोबार गर्न सकिने सेवाको सुरुवात गरेको छ ।

यस अन्तर्गत ग्राहकहरुले बैंकमा नगई घरबाटै खाता खोली इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङ जस्ता डिजिटल बैंकिङ सुविधाहरुको तत्काल लाभ लिन सक्नेछन् ।

मोबाइल बैंकिङ सुविधा अन्तर्गत  ग्राहकहरुले रिचार्ज गर्ने बिल भुक्तानी, बीमा प्रीमियम भुक्तानी गर्न र रकम रकमांतर गर्न जस्ता कार्यहरु घरबाट मोबाइल मार्फत गर्न सक्नेछन् ।

साथै यो सुविधा कोभिड १९ संक्रामण न्युनीकरण एवम् ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिएको जानकारी गराउदछौं ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । देशभर ११८ शाखा र १७७ एटिएम संजाल रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।