कीवर्डहरू -

एप्पलले सार्वजनिक गर्‍यो नयाँ म्याक बुक प्रो, बटरफ्लाई किबोर्डको अन्त्यसँगै म्याजिक किबोर्डको प्रयोग

एप्पलले सार्वजनिक गर्‍यो नयाँ म्याक बुक प्रो, बटरफ्लाई किबोर्डको अन्त्यसँगै म्याजिक किबोर्डको प्रयोग

एप्पलले सोमबार १३ इन्चको म्याक बुक प्रोको मोडिफाई भर्सन सार्वजनिक गरेको छ । एप्पलले म्याजिक किबोर्ड सहित फास्ट प्रोसेसर प्रयोग गरिएको १३ इन्चको म्याक बुक प्रो सार्वजनिक गरेको हो ।

यसअघि उपलब्ध ल्याप्टपको किबोर्डमा समस्या आएको गुनासो पछि एप्पलले बटरफ्लाई किबोर्डलाई अन्त्य गरी म्याजिक किबोर्डको प्रयोग गरेको छ ।

\"\" १३ इन्चको म्याक बुक प्रोको सुरुवाती मूल्य १२९९ अमेरिकी डलर रहेको छ । भने एजुकेशनको लागि उपलब्ध रहेको ल्याप्टपको मूल्य ११९९ अमेरिकी डलर तोकिएको छ ।

यसमा प्रयोग भएको म्याजिक किबोर्ड एप्पलले सुरुमा १६ इन्चको म्याक बुक प्रोमा प्रयोग गरेको थियो । भने त्यसपछि म्याक बुक एयर पनि थप गरेको थियो ।

\"\" यसमा १० औं पुस्ताको इन्टेलको प्रोसेसर प्रयोग गरिएको छ । पहिलाको जनेरेशन भन्दा नयाँ १३ इन्चको म्याक बुकमा डबल स्टोरेज राखिएको छ । यसको इन्ट्री लेबल ल्याप्टपमा ८ जीबी र्‍याम र २५६ जीबी एसएसडी स्टोरेज रहेको छ । जसमा ८ औं पुस्ताको इन्टेलको प्रोसेसर राखिएको छ ।

१६ जीबी र्‍याम भएको ल्याप्टपमा १० औं पुस्ताको इन्टेलको क्वाड प्रोसेसर उपलब्ध हुनेछ । आवश्यकता अनुसार यस ल्याप्टपको र्‍याम र एसएसडीलाई विस्तार गर्न सकिने छ ।

\"\" ग्राहकले राम्रो कामको अनुभव लिन र मल्टिपल भर्चुअल मेसिन चलाउन ३२ जीबी र्‍याम र ४ टीबी रोमको विकल्प पनि छनौट गर्न सक्छन् । कम्पनीले यसमा सुरक्षाको लागि पनि टि२ सेक्युरिटी चीप प्रयोग गरेको छ ।