कीवर्डहरू -

सरकारले सबै मन्त्रालय, प्रदेश तथा स्थानीय तहलाई लाइसेन्स सहितको जुम सफ्टवेयर उपलब्ध गराउने 

सरकारले सबै मन्त्रालय, प्रदेश तथा स्थानीय तहलाई लाइसेन्स सहितको जुम सफ्टवेयर उपलब्ध गराउने 

सरकारले सबै मन्त्रालय, प्रदेश तथा स्थानीय तहलाई भिडियो कन्फेरेन्सिङको लागि प्रयोग हुने ‘जुम’ सफ्टवेयर उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरस महामारीको स्थितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा लाइसेन्स सहितको जुम सफ्टवेयर सबै मन्त्रालय, प्रदेश तथा स्थानिय तहलाई उपलब्ध गराउन लागेको हो ।

\"\"

मन्त्रालयको सूचना तथा प्रविधि शाखाले मंगलबार एक सूचना प्रकाशित गरी अनलाइन बैठकको लागि जुम सफ्टवेयर उपयोगी हुने भन्दै जुम सफ्टवेयर चलाउने आधिकारिक व्यक्तिको विवरण उपलब्ध गराउन  अनुरोध गरेको छ ।

सबै मन्त्रालय, प्रदेश तथा स्थानीय तहले जुम सफ्टवेयरको लाइसेन्सको लागि यहाँ क्लिक गरी विवरण पठाउन सक्नेछन् ।

कोभिड १९ अर्थात कोरोना भाइरसको कारणले गर्दा विश्वमा अहिले भिडियो कन्फेरेन्सिङको प्रयोग बढि रहेको छ ।  भिडियो कन्फेरेन्सिङको लागि जुम, गूगल मिट, माइक्रोसफ्ट टिम्स लगायतका सफ्टवेयरको प्रयोग  धेरै नै भइरहेको छ ।