कीवर्डहरू -

अब जीमेलबाटै गूगल मिट प्रयोग गर्न सकिने

अब जीमेलबाटै गूगल मिट प्रयोग गर्न सकिने

जीमेलबाटै गूगल मिट प्रयोग गर्न सकिने भएको छ । जसको लागि गूगलले आफ्नो भिडियो कन्फेरेन्सिङ टुल ‘गूगल मिट’ जीमेलमा एकीकृत गरेको हो । केही जीमेल प्रयोगकर्ताहरुको साइडबारमा यो सुविधा देखिन थालिसकेको छ ।

यसअघि यो सुविधा जी सुइट प्रयोगकर्ताको लागि मात्र उपलब्ध रहेको थियो । तर अहिले कम्पनीले गूगल अकाउन्ट भएका सबैलाई यो सुविधा उपलब्ध गराउन सुरु गरेको छ ।

गूगलले हालै मात्र गूगल मिट सबैका लागि निःशूल्क उपलब्ध गराएको थियो । जीमेलमा गूगल मिटको यो नयाँ सुविधा बायाँ साइडमा रहेको छ । जसबाट मिटिङमा जोडिन र मिटिङ सुरु गर्न सकिन्छ ।