कीवर्डहरू -

गूगलको म्यासेजेज एपमा नयाँ फिचर आउदै, टेक्स्ट म्यासेजसँगै फोटो पनि पठाउन सकिने 

गूगलको म्यासेजेज एपमा नयाँ फिचर आउदै, टेक्स्ट म्यासेजसँगै फोटो पनि पठाउन सकिने 

एजेन्सी । गूगलले आफ्नो म्यासेजेज एपमा नयाँ फिचर ल्याउने भएको छ । जुन फिचरबाट प्रयोगकर्ताले फोटो पठाउन सक्नेछन् ।

यो फिचर अहिले म्यासेजेज एपको बेटा भर्सन ६.०.११४ मा परीक्षण भइरहेको छ । प्रयोगकर्ताले फोटोमा क्लिक गरी टेक्स्ट म्यासेजसँगै म्यासेजेज एपबाट सिधै फोटो पठाउन सक्नेछन् ।

गूगलले निर्माण गरेको गूगल म्यासेजेज एपमा मार्कअप टुल, रिमाइन्डर, डार्क मोड, आरसीएस सपोर्ट तथा कन्टेक्स्ट सेन्सेटिभ सिफारिस लगायतका सुविधा रहेका छन् ।

हालै मात्रै गूगलको म्यासेजेज एप प्ले स्टोरबाट १ अर्ब भन्दा बढी डाउनलोड भएको थियो । प्राय गूगलका एपहरु एन्ड्रोइड फोनमा प्रि इन्स्टल भएर आएपनि म्यासेजेज एप भने आउने गरेको छैन् ।