कीवर्डहरू -

के हो टु स्टेप भेरिफिकेसन ?

के हो टु स्टेप भेरिफिकेसन ?

टु स्टेप भेरिफिकेसन भनेको एउटा सेक्युरिटी लेएर हो । जसले तपाईँको अकाउन्टलाई सुरक्षित बनाउन सहयोग गर्छ ।

टु स्टेप भेरिफिकेसन आजकाल अनलाइन कारोबार, गूगल अकाउन्ट, फेसबुक, ह्वाट्सएप अकाउन्ट लगायत सबैतिर यसको प्रयोग हुदै आएको छ ।

यदि तपाईँले आफ्नो अकाउन्टमा टु स्टेप भेरिफिकेसन अन गर्नुभयो भने तपाईँको अकाउन्ट ह्याक गर्न गार्‍हो हुन्छ । तर ह्याक गर्न नसकिने भने होइन ।

पहिलेको भन्दा टु स्टेप भेरिफिकेसन इनेबल गरेपछि अकाउन्ट सुरक्षित हुन्छ । टु स्टेप भेरिफिकेसन इनेबल गर्न तपाईँले आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ ।

टु स्टेप भेरिफिकेसन इनेबल भएपछि तपाईंले कुनै दोस्रो नेटवर्क वा दोस्रो सिस्टमबाट अकाउन्ट लगइन गर्दा तपाईँ टु स्टेप भेरिफिकेसनमा राखेको मोबाइल नम्बरमा ओटीपी कोड आउँछ ।

जब सम्म तपाईँले ओटीपी पासवर्ड अकाउन्ट लगइन गर्दा राख्नुहुदैन । तब सम्म तपाईँले अकाउन्टमा पहुँच राख्न पाउनु हुदैन ।

ओटीपी कोड वा पासवर्ड भनेको एकपटक मात्र प्रयोग गर्न मिल्छ । ओटीपीको पुरा रुप वान टाइम पासवर्ड हो ।