कीवर्डहरू -

डिजिटल लर्निङको लागि यस्ता छन टुल्स र प्रविधिहरु 

डिजिटल लर्निङको लागि यस्ता छन टुल्स र प्रविधिहरु 

अहिले धेरै विद्यालय तथा कलेजहरुले विभिन्न अनलाइन टुल्सहरु मार्फत अनलाइन कक्षाहरु सञ्चालन गरिरहेका छन । धेरैले जुम मार्फत कक्षाहरु सञ्चालन गरेको पाइएको छ भने कतिपयले फेसबुक ग्रुप, भाइबर तथा ह्वाट्सएपकै प्रयोग पनि गरिरहेका छन । तर, अनलाइन तथा डिस्टान्स लर्निङको लागि अन्य महत्वपुर्ण र उपयोयी टुल्स तथा प्लाटफर्महरु पनि सहज रुपमा प्रयोग गर्न सकिन्छ ।


जुम, मिट, स्काइप जस्ता सफ्टवेयरहरु विशेषगरी  भिडियो कन्फ्रेन्सिङको लागि प्रयोग गरिन्छ । तर, नेपालमा अधिकांशले लर्निङमा पनि जुमकै प्रयोग गरिरहेका छन । मे २ मा आयोजना भएको डिजिटल संवादमा विभिन्न उपयोगी टुल्स र प्लाटफर्मको विषयमा छलफल भएको थियो । कोलाब्रेसनमा आधारित एलएमएसमा अफिस ३६५ तथा टिम्सको प्रयोग गर्न सकिन्छ । यि दुबै माइक्रोसफ्टका सफ्टवेयर हुन ।

यसैगरी गुगल क्लासरुम लर्निङको लागि उपयोगी टुल्स हो, जसलाई हामिले सहजै प्रयोग गर्न सक्छौ । क्लाउडमा आधारित कन्फ्रेन्सिङ सफ्टवेयरमा जुम र गुगल मिटको प्रयोग गर्न सकिन्छ । जुम र मिट डिस्टान्स लर्निङभन्दा पनि बढि कन्फ्रेन्सको लागि प्रयोग हुने टुल्सहरु हुन । यसैगरी ओपन सोर्स प्लाटफर्ममा बिगब्लु बटन र जित्सी, टिच एक्सको प्रयोग गर्न सकिन्छ ।


यसैगरि लर्निङ म्यानेजमेन्ट टुल्समा ओपन सोर्स मुडल उपयोगी रहेको छ । नेपाल खुल्ला विश्वविद्यालयले यहि प्लेटफर्मको प्रयोग गरिरहेको छ । नेपालमा पछिल्लो समय एआइ प्रविधिमा आधारित फ्युज क्लासरुमको प्रयोग सुरु भएको छ । फ्युज मेशिनले विकास गरेको यो प्लेटफर्ममा अहिले एक दर्जन बढि विद्यालयहरु आवद्ध भएर कक्षा सञ्चालन गरिरहेका छन ।

\"\"
यसैगरी नेपालमा डिजिटल लर्निङ प्लेटफर्म तथा लोकल कन्टेन्ट उपलब्ध गराउनेमा मिदास इ क्लास धेरै वर्षदेखि सञ्चालनमा छ । यसैगरी डिजिटल लर्निङमा लोकल कन्टेन्टको लागि मा एकेडेमी, ओएलइ, स्मार्टर एपको प्रयोग गर्न सकिन्छ । विभिन्न कक्षाका अडियो, भिडियो र टेक्स्टमा यि प्लेटफर्महरुले कन्टेन्टहरु उपलब्ध गराएका छन । कुल ल्याब्स तथा सिसिडीले विभिन्न कक्षाका कन्टेन्टहरु अनलाइनमा उपलब्ध गराइरहेको छ ।

नेपालमा डियरवाल्क लर्निङ सेन्टरले डिसहोम तथा नेटटिभीसँग सहकार्य गरि कक्षा सञ्चालन गरिरहेको छ भने सरकारका विभिन्न दुरशिक्षा कार्यक्रमहरु नेपाल टेलिभिजन तथा रेडियोमा सञ्चालनमा छन । बिदेशी कन्टेन्टको लागि खान एकेडेमी, युडेमी जस्ता सयौ प्लेटफर्महरु उपलब्ध छन् ।

\"\"
यसैगरी कारखानाले शिक्षण सिकाईलाई आधुनिकरण गर्ने प्रयासमा काम गरिरहेको छ । जिइजीले विभिन्न रिसोर्स र प्लाटफर्म मार्फत अनलाइन ट्रेनिङ र कक्षा सञ्चालनमा विद्यालयहरुलाई सहयोग गरिरहेको छ । अनलाइन कक्षा, वर्णमाला, ओटिस जस्ता केहि एप्लिकेशनहरुले विद्यार्थीहरुलाई डिजिटल कन्टेन्ट उपलब्ध गराइरहेका छन । यसैगरि विभिन्न एजुकेशन सफ्टवेयर प्रदान गरिरहेका कम्पनीहरुले पनि अनलाइन शिक्षाको लागि विभिन्न सोलुसनहरु प्रदान गरिरहेका छन । बेद, इ जोन, मिदास, डाइनामिक सोलुसन ,डिजिटल नेपाल, टेक्नोरियो जस्ता कम्पनीहरुले अनलाइन कक्षा, रिजल्ट, नयाँ भर्ना व्यवस्थापन गर्न प्रविधिमार्फत सहजिकरण गरिरेहका छन ।

\"\"
अहिले लकडाउनकै समयमा हामिसँग उपलब्ध यि विभिन्न टुल्स र प्लाटफर्महरुको सहि प्रयोग गरि अनलाइन कक्षा तथा डिजिटल लर्निङको अभ्यास गर्न सकिने छ । प्रविधिको पहुच हुनेहरुको लागि अनलाइन कन्टेन्ट पर्याप्त उपलब्ध भएपनि अफलाइन कन्टेन्टहरु भने पर्याप्त छैनन । नेपालको पछिल्लो रिपोर्ट अनुसार ७५ प्रतिशतमा मोवाइल डेटा सहितको इन्टरनेट पहुच छ भने २० प्रतिशतको हाराहारीमा मात्र ब्रोडव्याण्ड इन्टरनेटको पहुच छ ।


नेपाल टेलिकम र एनसेलले केहि दिनअघि डिजिटल लर्निङको लागि डेटा स्क्मिहरु ल्याएको भएपनि पर्याप्त नभएको धेरैको बुझाइ छ । अब सरकारले डिजिटल इन्फास्ट्रक्चर विकास गर्ने, डिजिटल लिट्रेसी बढाउने, लोकल कन्टेन्ट तयार पार्ने र दक्ष जनशत्तीसँगै ट्र्ेनिङलाई विशेष प्राथमिकतामा राखेर काम गर्न सके शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन सकिने छ ।