कीवर्डहरू -

माइक्रोसफ्ट सर्फेस बुक ३ सार्वजनिक, यस्ता छन् सुविधा

माइक्रोसफ्ट सर्फेस बुक ३ सार्वजनिक, यस्ता छन् सुविधा

माइक्रोसफ्टले सर्फेस बुक ३ ल्याप्टप सार्वजनिक गरेको छ । सर्फेस बुक ३ १३.५ इन्च र १५ इन्चको दुईवटा स्क्रीन साइजमा उपलब्ध रहेको छ ।

यसमा क्वाड कोर सहित १० औं पुस्ताको इन्टेल कोर आइ फाइभ प्रोसेसर प्रयोग गरिएको छ । यो ८ जीबी, १६ जीबी र ३२ जीबी र्यामको साथमा उपलब्ध रहेको छ । यो २५६ जीबी, ५१२ जीबी, १ टिबी र २ टिबी एसएसडि स्टोरेज क्षमतामा उपलब्ध छ ।

\"\"

यसमा भिडियो कलको लागि अगाडि ५ मेगापिक्सेलको क्यामेरा र ८ मेगापिक्सेलको रियर क्यामेरा राखिएको छ ।  १३ इन्च र १५ इन्चको माइक्रोसफ्ट सर्फेस बुक ३ ले क्रमशः सिंगल चार्जमा साढे १५ घण्टा र साढे १७ घण्टा व्याट्री ब्यापक दिने कम्पनीको भनाई छ ।

ल्याप्टपको मूल्य १५९९ अमेरिकी डलरबाट सुरु हुनेछ । यसमा २ वटा टाइप एको युएसबी पोर्ट र अर्को टाइप सीको युएसबी पोर्ट राखिएको छ । ल्याप्टपका साथै माइक्रोसफ्टले सर्फेस हेडफोन्स २ र सर्फेस गो २ ट्याबलेट सार्वजनिक गरेको ।

\"\"