कीवर्डहरू -

माइक्रोसफ्ट सर्फेस गो २ ट्याबलेट सार्वजनिक, यस्ता छन् सुविधा 

माइक्रोसफ्ट सर्फेस गो २ ट्याबलेट सार्वजनिक, यस्ता छन् सुविधा 

माइक्रोसफ्टले ‘माइक्रोसफ्ट सर्फेस गो २’ ट्याबलेट सार्वजनिक गरेको छ । माइक्रोसफ्ट सर्फेस गो २ को मूल्य ३९९ अमेरिकी डलरबाट सुरु हुनेछ । यसमा १०. ५ इन्चको सेन्स डिस्प्ले रहेको छ ।

यसको डिस्प्ले कोर्निङ गोरिल्ला ग्लास ३ बाट सुरक्षित गरिएको छ । ट्याबलेटमा इन्टेल प्लाटिनम गोल्ड प्रोसेसर र इन्टेलको आठौं पुस्ताको कोर एम थ्रि प्रोसेसर प्रयोग गरिएको छ ।

\"\"

यो ४ जीबी र्‍याम र ८ जीबी र्‍याममा उपलब्ध रहेको छ । भने ६४ जीबी र १२८ जीबी एसएसडी स्टोरेजमा उपलब्ध रहेको छ । यस ट्याबलेटमा ८ मेगापिक्सेको अटोफोकस रियर क्यामेरा राखिएको छ ।

त्यस्तै ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यसमा वाईफाई ६, ब्लुटुथ ५, टाइप सी युसएबी, ३.५ एमएमको अडियो ज्याक लगायतका सुविधा छन् । यसमा अपरेटिङ सिस्टम विन्डोज १० रहेको छ ।

\"\"