कीवर्डहरू -

आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ बारे पत्रकारलाई सिकाउदै गूगल

आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ बारे पत्रकारलाई सिकाउदै गूगल

गूगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) ले पत्रकारिताको पेशामा कस्तो असर पार्न सक्छ भन्ने बारेमा सिकाउने भएको छ ।  जसको लागि गूगलले १७ वटा भाषामा निःशूल्क ट्रेनिङ कोर्स प्रदान गरेको छ ।

समाचार संगठनमा एआईको प्रयोग भन्ने बारेमा गत वर्ष गूगलले गरेको ग्लोबल सर्वेक्षणले न्यूजरुममा  मेसिन लर्निङ र आर्टिफिसियल इन्टेलिजेन्स द्वारा सञ्चालित प्रविधिको बारेमा शिक्षा र तालिम आवश्यक रहेको देखाएको थियो ।

यो ट्रेनिङ कोर्स पत्रकारिता एआई (जर्नालिजम एआई) ले भिआरटी न्यूज र गूगल न्यूज इनिसिएटिभको सकार्यमा उत्पादन गरेको हो ।

जर्नालिजम एआईले नयाँ प्रविधिको माध्यमबाट लागत कम गर्न र  उद्योगमा अवसरहरु वृद्धि गर्न सहयोग पुर्‍याउने गुगलको विश्वास रहेको छ ।

यी कोर्ष १७ वटा भाषामा गूगल न्यूज इनिसिएटिभ ट्रेनिङ सेन्टरमा उपलब्ध रहेको छ । यसमा कोर्ष पुरा गरेपछि प्रमाणपत्र समेत प्राप्त गर्न सकिने छ ।

उक्त ट्रेनिङ सेन्टरमा पत्रकारलाई खोज्न, प्रमाणीत गर्न र अनलाइन समाचार कथन गर्न सहयोग पुर्‍याउने अन्य कोर्षहरु पनि रहेका छन् ।