कीवर्डहरू -

लकडाउनमा नेपाल टेलिकमले दिएको डेटा सेवाको अवधि थप 

लकडाउनमा नेपाल टेलिकमले दिएको डेटा सेवाको अवधि थप 

नेपाल टेलिकमले स्टे कनेक्टेड अफर अन्तर्गतको डेटा सेवाको अवधि थप गरेको छ । टेलिकमले स्टे कनेक्टेड अफर अन्तर्गतको डेटा सेवाको अवधि जेठ ५ गतेसम्म बढाएको हो ।

उक्त अफर अन्तर्गत जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयाँमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्नुपर्नेछ ।

यसैगरी दोश्रो प्याकेजमा २ सय रुपैयाँमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा ७ दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

यसरी १ सय रुपैयाँमा बोनससहित कुल ४ जीबी र २ सय रुपैयाँमा बोनससहित १० जीबी डाटा प्रयोग गर्न सकिनेछ ।

उक्त अफर नेपाल टेलिकम एप र युएसएसडी बाट खरिद गर्न सकिन्छ । युएसएसडी बाट खरिद गर्न *१४१५*१०# डायल गर्नुपर्दछ । थप जानकारी कम्पनीको वेबसाइटबाट प्राप्त गर्न सकिन्छ ।