कीवर्डहरू -

२०१९ को पीसीटी प्याटेन्ट एप्लिकेसनहरुमा ओपो उत्कृष्ट पाँचौमा 

२०१९ को पीसीटी प्याटेन्ट एप्लिकेसनहरुमा ओपो उत्कृष्ट पाँचौमा 

वल्र्ड ईन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (डब्ल्यूआईपीओ) ले  प्याटेन्ट कोओपरेसन ट्रिटी (पीसीटी) प्रणाली मातहत अन्तराष्ट्रिय प्याटेन्ट आवेदन २०१९ को नतिजा घोषणा गरेको छ ।

१ हजार ९ सय २७ निवेदनका साथमा ओपो कम्पनी एप्लिकेशन अन्तर्गत पीसीटी फाइलरहरु मध्य उत्कृष्ट पाँचौमा पर्न सफल भएको हो ।

१५० कन्ट्रयाक्टिंग स्टेट्स सहितको अन्तर्राष्ट्रिय ट्रिटी, पीसीटी मातहत १ अन्तर्राष्ट्रिय प्याटेन्ट निवेदन दर्ता गराए बापत निवेदकले विभिन्न देशहरुमा आफ्नो आविस्कारको सुरक्षा प्राप्त गर्न सक्छन् ।

सन् २००९ को सूरुवातदेखि नै ओपा ग्लोबल स्तरमा विभिन्न प्राविधिक क्षेत्रमा आफ्नो प्याटेन्ट एप्लिकेसन विस्तारका लागि तदारुकताका साथ लागि परेको छ ।

यही प्रक्रिया अन्तर्गत ओपोले आफ्नो डब्ल्यूआईपीओ ईन्टरनेसनल प्याटेन्ट्स एप्लिकेसन र्‍यांकिंगलाई पछिल्लो बर्षको १७ औँ स्थानबाट पाँचौ स्थानमा झार्न सफल भएको छ ।

सन् २०२० को मार्च महिना सम्ममा ओपोले ४३००० ग्लोबल प्याटेन्ट एप्लिकेसन्स दर्ता गराइसकेको छ भने, १६००० ले आधिकारिकता पनि प्राप्त गरिसकेको छ ।

समग्र निवेदन मध्य झण्डै ८८ प्रतिशत आविस्कार सम्बन्धित रहेका छन् । ओपोले ३ हजार भन्दा बढी फाइभजी प्याटेन्ट निवेदन दर्ता गराइसकेको छ र १ हजार ९ सय एआई प्याटेन्ट निवेदन रहेका छन् ।

त्यसैगरी कम्पनीले ६ हजार १ सय ईमेज प्याटेन्ट ग्लोबलरुपमा दर्ता गराइसकेको छ। जसमध्य २ हजारले आधिकारिकता प्राप्त गरिसकेको छ ।

कम्पनीले फास्ट चार्जिंग क्षेत्र अन्तर्गतपनि ग्लोबल स्तरमा २ हजार ७ सय भन्दा बढी निवेदन दर्ता गराइसकेको छ । यी मध्य १ हजार १ सयका लागि आधिकारिकतापनि प्राप्त गरिसकेको छ ।