कीवर्डहरू -

अनरले नयाँ फाइभ जी फोन ल्याउदै 

अनरले नयाँ फाइभ जी फोन ल्याउदै 

चीनियाँ स्मार्टफोन ब्राण्ड अनरले नयाँ फाइभ जी फोन ल्याउने भएको छ । कम्पनीले ‘अनर एक्स १०’ मोबाइल मे २० मा चीनमा सार्वजनिक गर्ने भएको हो ।

अनरले आगामी फोन बारे चीनियाँ माइक्रो ब्लगिङ साइट ‘वेबो’ मा टिजर शेयर गरेको छ । यो फोनमा ६.६३ इन्चको फुल एचडी प्लस एलसिडि स्क्रीन र ४० मेगापिक्सेलको सोनीको रियर क्यामेरा हुने आशा गरिएको छ ।

यसमा फ्रन्ट क्यामेरा १६ मेगापिक्सेलको हुनेछ । अनर एक्स टेनमा फास्ट चार्जिङको सुविधा सहित युएसबी टाइप सी चार्जिङ केबल हुनेछ ।

यो स्मार्टफोनमा किरिणको प्रोसेसर प्रयोग गरिएको छ । यसमा ४२०० एमएएचको ब्याट्री सहित फिंगरप्रिन्टको सुविधा रहेको छ ।

एजेन्सीको सहयोगमा