कीवर्डहरू -

आइसिटी क्षेत्रलाई अत्यावश्यक सेवा अन्तर्गत सम्बोधन गर्न क्यान महासंघको माग

क्यान महासंघले सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवा अन्तर्गत सम्बोधन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई शुक्रबार मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ

आइसिटी क्षेत्रलाई अत्यावश्यक सेवा अन्तर्गत सम्बोधन गर्न क्यान महासंघको माग

कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ) ले सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवा अन्तर्गत सम्बोधन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई शुक्रबार मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।

महासंघले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई शुक्रबार मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो ।

क्यान महासंघका अध्यक्ष नवराज कुंवरले हस्ताक्षर गरेको महासचिव नारायण थापा, संस्थापक अध्यक्ष डा. बिमल कुमार शर्मा र क्यान महासंघका प्रबन्धक सुबास पौडेलले मन्त्रालयमा उपस्थित भई सचिव समक्ष ज्ञापनपत्र बुझाएका हुन ।

‘बन्दाबन्दीको यो समयमा औषधि उपचार पछि सबैभन्दा महत्वपूर्ण सेवा कुनै छ भने त्यो सञ्चार तथा सूचना प्रविधिको क्षेत्र नै हो । आममानिसहरु टेलिफोन र इन्टरनेटको प्रयोग गरी स्वदेश तथा विदेशमा भएका आफन्तहरुसँग कुरा मात्र गरिरहेका छैनन्, समाचार तथा सूचना प्राप्त गरेका छन्, अनलाईनबाटै बैंकिङ सेवा लिने दिने गरेका छन्, वस्तु तथा सेवा खरीद गरेका छन् र शिक्षा तथा तालीम लिएका छन् दिएका छन्’ ज्ञापनपत्रमा भनिएको छ ।

त्यसैले यो अप्ठ्यारो समयमा सूचना तथा सञ्चार सुविधा विनाको व्यक्तिगत, सामाजिक तथा व्यावसायिक जीवनको परिकल्पना गर्न सकिंदैन । यद्यपि यति हुँदाहुँदै पनि सरकारको प्राथमिकतामा यो क्षेत्र नपर्नुलाई हामीले विडम्बना मानेका छौं पत्रमा उल्लेख गरिएको छ ।

महासंघले यो क्षेत्रको महत्व र संवेदनशीलतालाई मनन गरी सरकारले तत्कालै वातावरण सहज गराउनमा ध्यान दिन र मन्त्रीले त्यसका लागि सहजीकरण गरिदिनु आग्रह समेत गरेको छ ।

साथै इन्टरनेट सेवा पहिले देखिनै अत्यावश्यक सेवामा रहेको भएपनि यो अन्तर्गत तथा अहिले खुला गरिएका उद्योग धन्दाहरु सुचारु संचालन गर्न, सुचना प्रबिधि अन्तर्गत हार्डवेयर तथा सफ्टवेयर मर्मत तथा सहयोग, बैंक, हस्पिटल तथा खुला गरिएका उद्योग धन्दाहरुमा सेवा प्रदान गरिरहेका सेवा प्रदायक तथा उद्योग विभागमा दर्ता भएका सुचना प्रविधि कम्पनीहरुलाई तत्कालै सञ्चालनको वातावरण बनाइदिन क्यान महासंघले अनुरोध समेत गरेको छ  ।

\"\"
\"\"