कीवर्डहरू -

आफ्नो कम्पूटरबाट अरू कम्प्यूटर कसरी चलाउने ?

आफ्नो कम्पूटरबाट अरू कम्प्यूटर कसरी चलाउने  ?

अफिसमा हुनुहुन्छ तर तपाइको घरमा भएको कम्प्यूटरमा भएको फाइल चाइरहेको छ ? क्लासमा भएका बेला तपाइको घरको कम्प्यूटरमा भएको फाइलको आवस्यकता परिरहेको छ? एक ठाउँमा बसेर कुनै अर्को ठाउँमा रहेको कम्पयूटरलाई एक्सिस गर्न असम्भव छ भन्ने सोच राख्नु भएको छ भने तपाई गलत हुनुहुन्छ, यसो गर्न असम्भव पक्कैपनि छैन । तपाईले घरमा बसेर संसारको जुनै कुनामा रहेको कम्प्यूटरसँग पनि सजिलै एक्सिस गर्न सक्नुहुन्छ । यसो गर्ने विभिन्न तरिका मध्ये हामी तपाइलाीई केही उपायहरू सिकाउन गइरहेका छौँ ।

तरिका नम्बर १ – विन्डोज रिमोट डेक्सटप (पिसी)

१. एक्सिस गर्न चाहेको कम्प्यूटरको रिमोट डेक्सटपलाई इनेबल गर्नुहोस
तपाइले एक्सिस गर्न चाहेको विन्डोज पिसीमा रहेको सिमोट एक्सिसलाई इनेबल गर्नुहोस ताकि अरू कम्प्यूटरहरूसँग कनेक्ट गर्न मिलोस । यो फिचरलाई तपाईले विन्डोज एक्सपी, भिस्टा, सेभेन वा एटको प्रोफेसनल वा इन्टरप्राइज भर्जनबाट इनेबल गर्न सक्नुहुन्छ । यसका लागि तपाई र तपाईले एक्सिस गर्न चाहनुभएको कम्प्यूटर एउटै नेटवर्कमा वा राउटर, भिपिएनमा हुनुपर्नेछ ।
–विन्डोज बटन र पज बटन एकैसाथ थिचेर सिस्टम मेनु खोल्नुहोस । यसको अर्को तरिका स्टाट मेनुमा जानुहोस, कन्ट्रोल प्यानल खोल्नुहोस, सिस्टम एण्ड सेक्यूरिटीमा क्लिक गर्नुहोस र सिस्टममा क्लिक गर्नुहोस ।
–विन्डोजको देब्रेपट्टि रहेको ‘रिमोट सेटिङ्ग’मा क्लिक गर्नुहोस
–एलाओ रिमोट कनेक्सन टु दिस कम्प्यूटर लेखिएको वक्समा ठिक लगाउनुहोस । एडभान्स्ड सेटिङ्गमा गएर तपाई आफूले चाहे अनुसारको सेटिङ्ग परिवर्तन समेट गर्न सक्नुहुन्छ ।

२. यूजर एड गर्नुहोस
तपाइले कुन यूजरले तपाइको कम्प्यूटरलाई बाहिर भएका बखत लग–इन गर्न सक्नेछन त्यो सेट गर्नुपर्ने हुन्छ । “सेलेक्ट यूजर” बटनमा क्लिक गर्नुहोस र एड बटनमा क्लिक गर्नुहोस । आँफूले चाहेका यूजरहरू अब एड गर्नुहोस ।

३. सिस्टमको नाम पत्ता लगाउनुहोस
तपाई जब अरू कम्प्यूटरमा वसेर कुनै रिमोट कम्प्यूटर एक्सिस गर्न चाहनुहुन्छ त्यस कम्यूटर सिस्टमको नाम थाहा हुन जरूरी छ । यो थाहा पाउनका लागि विन्डोज बटन र पज बटन एकैसाथ थिच्नुपर्ने हुन्छ र “कम्प्यूटर नेम”मा थिच्नुहोस ।

४. स्लिप मोड डिसेबल गर्नुहोस
स्लिप मोडमा वा हाइबरनेटमा भएका कम्प्यूटरसँग तपाई कनेक्ट गर्न सक्नुहुन्न त्यसैले तपाईले सर्वप्रथम स्लिप मोड डिसेबल गर्नुहोस । त्यसका लागि.....
–कन्ट्रोल प्यानल खोल्नुहोस र पावर अप्सनमा किल्क गर्नुहोस ।
– चेन्ज प्लान सेटिङ्गमा क्लिक गर्नुहोस र एक्टिभ प्लानमा लिङ्क गर्नुहोस
– “स्लिप एण्ड हाइबरनेट”लाई “नेभर” सेट गर्नुहोस । सबै काम सकिएछि “सेभ चन्जेज” बटनमा क्लिक गर्नुहोस ।

५. कम्प्यूटरसँग कनेक्ट गर्नुहोस
तपाइले कनेक्ट गर्न चाहनुभएको रिमोट कम्प्यूटरमा लग–अन गर्नुहोस । स्टार्ट मेनुमा क्लिक गर्नुहोस र “रिमोट डेक्सटप कनेक्सन”लाई सर्च गर्नुहोस र क्लिक गरेर ओपन गर्नुहोस ।
– तपाईले कनेक्ट गर्न चाहनुभएको कम्प्यूटरको सिस्टम नेम इन्टर गर्नुहोस
– तपाईले कनेक्ट गदैगरेको यूजर नेम इन्टर गर्नुहोस
– सो अप्सन बटनमा क्लिक गर्नुहोस र कनेक्सनका लागि एडभान्स्ड अप्सन ओपन गर्नुहोस । साउण्ड, डिस्प्ले, र बेस्ट पर्फरमेन्सका लागि यो अप्सनको प्रयोग गर्न सकिन्छ ।
– कम्प्यूटरसँग कनेक्ट गर्नका लागि कनेक्टमा क्लिक गर्नुहोस । कनेक्सन प्रकिया पूरा भएपछि अर्को कम्प्यूटरको डिस्प्ले तपाइको कम्प्यूटरको विन्डोजमा देख्न सकिन्छ । अब तपाई सामान्य तरिकाले विन्डोजको प्रयोग गरि अर्को कम्प्यूटरको कन्टेन्ट हेर्न वा प्रयोग गर्न सक्नुहुन्छ ।

६. पोर्ट ३३८९ को प्रयोग गरेर इन्टरनेट वाट कनेक्सन एलाओ गर्न सकिन्छ
यदि रिमोट कम्प्यूटरलाई सिधैँ इन्टरनेटबाट कनेक्ट गर्ने हो भने तपाइले कनेक्ट गर्न चाहनुभएको कम्प्यूटरको फायरवालमा ३३८९ पोर्ट ओपन गर्नुपर्ने हुन्छ । यसो गर्नाले तपाइको रिमोट डेक्सटपलाई इन्टरनेटमा भेट्न सकिन्छ । अब तपाईको डेक्सटपलाई जो कोहीले प्रयोग गर्न सक्नेछन । त्यसबाट बच्नका लागि तपाईले मजभूत पासवर्ड राख्नुपर्ने हुन्छ ।

७. तपाईको रिमोट डेक्सटपलाई स्मार्टफोन वा ट्याबलेटको सहायताले कनेक्ट गर्नुहोस
यदि तपाई विन्डोज ८ वा ८.१ प्रोफेशनल चलाइरहनु भएको छ भने तपाई तपाईको आइओएस वा एन्ड्रोइडमा भएको आधिकारिक माइक्रोसफ्टको एप प्रयोग गरेर रिमोट डेक्सटपसँग कनेक्ट गर्न सक्नुहुन्छ । यसकालागि रिमोट डेक्सटप तपाइको कम्प्यूटरमा कन्फिग्योर गरेको हुनु पर्नेछ ।

तरिका नम्बर २ – टिम भ्यूअर (एनि)

१. टिम भ्यूअर डाउनलोड गर्नुहोस
टिम भ्यूअर एक फ्रि कम्प्यूटर प्रोग्राम हो जसले घरेलु प्रयोगकर्तालाई छिटै नै  विभिन्न कम्प्यूटरसँग रिमोट कनेक्सन सेट–अप गर्न सहयोग गर्दछ । यो प्रोग्रम विशेषगरि म्याक कम्प्यूटरको लागि विकास गरिएको हो जसको साहयताले रिमोट डेक्सटप कनेक्सन कन्फिग्योर गर्न मद्दत पुग्छ ।
– डाउनलोडलाई सेलेक्ट गर्नुहोस, त्यहाँ भएको अल इन वान सेलेक्ट भर्जन वा अनएटेन्डेड एक्सिसको लागि स्पेसल टिम भ्यूअर होस्ट भर्जन समाबेस गरिएको हुन्छ ।
– टिमभ्यूहर बाहेक बिभिन्न चर्चित प्रोग्रामहरू बजारमा भेट्न सकिन्छ जस्तै लगमेल्न , वेबइएक्स , ल्यापलिङ्क , रियलभिएनसि र गोटूमाइपिसी ।

२. रिमोट पिसीमा टिमभ्यूअर इन्सटल गर्नुहोस
टिमभ्यूअर इन्सटल गर्ने बेलामा इन्सटल वा रन टिमभ्यूअर लेखिएको डायलग बक्स देखापर्छ । तपाइले इन्सटल अप्सनमा क्लिक गरेर यसलाई इन्सटल गर्न सकिन्छ ।
– “सो एडभान्स्ड सेटिङ्ग” लेखिएको बक्समा टिक लगाउनुहोस
– “पर्सनल÷नन–कमर्सियल यूज” अप्सनलाई सेलेक्ट गर्नुहोस
– लाइसेन्स एग्रीमेन्टलाई पढ्नुस र एसेप्ट गर्नुहोस

३. टिम भ्यूअरलाई पछिको रिमोट कनेक्सनका लागि कन्फिग्योर गर्नुहोस
इन्सटलेसन प्रक्रिया अगाडी बढाउनु अधि “एस” लाई टिक गरेको छ या छैन पक्का गर्नुहोस । टिम भ्यूयर कन्फिग्योर भएपछि तपाइले रिमोट कम्प्यूटरलाई इन्टरनेटको माध्यमबाट जहाँ कहिँबाट कनेक्ट गर्नसक्नुहुनेछ ।
– “फूल एक्सिस” प्रदान गरिएको छ या छैन जाँच गर्नुहोस ताकि तपाई जहाँबसेर पनि रिमोट कम्प्यूटरको एप्रोभल बिना त्यहा भएका डाटा एक्सिस गर्न सक्नुहुनेछ ।

४. “अनएटेन्डेड एक्सिस“ सेटअप प्रक्रिया सुरू गर्नुहोस
इन्सटलेसन पूरा भएपछि “अनएटेन्डेड एक्सिस” सुरू हुन्छ त्यस सेटअप प्रक्रिया लाई पुरा गर्न एक पछि अर्को गर्दै स्टेप पूरा गर्दै जानुहोस ।
–तपाईले आफ्नो कम्प्यूटरलाई एउटा नाम र पासवर्ड दिनपर्ने हुन्छ ताकि तपाईको कम्प्यूटर अनाधिकारिक व्यक्तिको एक्सिसबाट बच्न सकोस ।

५. टिमभ्यूअर एकाउन्ट बनाउनुहोस
टिमभ्यूअर एकाउन्ट बनाउनाले तपाईलाई सजिलै कुन रिमोट कम्प्यूटर अहिले अनलाइन छ र कनेक्ट गर्नसक्ने अवस्थामा छ देखाउने गर्छ । एक पटक एकाउन्ट बनाइसकेपछि, तपाइले कम्प्यूटरलाई टिमभ्यूअरको लिस्टमा देख्न सक्नुहुन्छ ।

६. टिमभ्यूअरलाई चलिराख्न दिनुहोस
तपाईले कुनै रिमोट कम्प्यूटरसँग कनेक्ट गर्नका लागि टिमध्यूअर त्यस कम्प्यूटरमा चलिरहेको हुनुपर्नेछ । टिमभ्यूअर ब्याग्राउण्डमा चल्ने गर्छ र एक्दमै कम रिर्सोस अपभोग गर्ने गदर्छ ।

७. रिमोट कम्प्यूटरसँग कनेक्ट गर्नुहोस
एकपटक टिमभ्यूअरलाई कन्फिग्योर गरिसकेपछि तपाईले जनसुकै कम्प्यूटरमा रहेर रिमोट कम्प्यूटरसँग कनेक्ट गर्न सक्नुहुनेछ । यसो गर्न तपाईले टिमभ्यूअरको वेबसाइटमा लग–इन गरेर वा टिमभ्यूअर सफ्टवेयरलाई तपाईको कम्प्यूटरमा इन्सटल गरेर पनि गर्न सकिनेछ ।
–रिमोट कम्प्यूटरसँग कनेक्ट गर्नका लागि तपाइले त्यहाँ लगइन गरेर पासवर्डको प्रयोग गर्नुपर्नेछ ।