कीवर्डहरू -

कोरोना रोकथामको लागि सरकारले सार्वजनिक गर्‍यो ‘कोभिड एनपी’ मोबाइल एप

कोरोना रोकथामको लागि सरकारले सार्वजनिक गर्‍यो ‘कोभिड एनपी’ मोबाइल एप

सरकारले कोरोना भाइरस रोकथामको लागि ‘कोभिड एनपी’ नामक कन्ट्याक्ट ट्रेसिङ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

आईमार्क प्रालिले निशूल्क विकास गरेको उक्त एप शनिबार उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सार्वजनिक गरेका हुन् । अहिलेलाई कोभिड एनपी मोबाइल एप गूगल प्ले स्टोरमा उपलब्ध रहेको छ ।  केही दिनमा एप स्टोरमा समेत उपलब्ध हुनेछ ।

यस एपमा कोरोना भाइरस सम्बन्धि विविध जानकारी तथा सूचनाहरु राखिएको छ । ब्लुटुथ प्रविधि मार्फत सम्भावित संक्रमितको पहिचान गर्न यो एपले सहयोग गर्नेछ । जसको लागि प्रयोगकर्ताले ब्लुटुथ भने अन गरेको हुनु पर्नेछ ।

सरकारले मोबाइल एप सँगै वेब पोर्टल समेत सञ्चालनमा ल्याएको छ । कोभिड एनपीको मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने वेब पोर्टलमा जानको लागि यहाँ क्लिक गर्नुहोस ।