दामोदर पौडेल
सूचना र सञ्चार प्रविधिको माध्यमबाट धेरै देशले आर्थिक क्रान्ति गरिसक्दा पनि हाम्रो देश नेपालमा यसको प्रयोग र विकासमा सरकारीस्तरबाट खासै ध्यान दिइएजस्तो देखिदैन । निजीक्ष्ँेत्रले आफ्नो व्यापार बढाउन केही मात्रामा सूचना प्रविधिलाई प्रयोग गरे पनि सूचना प्रविधिको छोटो समयमै भएको तीव्र विकासलाई हेर्ने हो भने हामीले प्रयोग गरेको प्रविधि एकदमै न्यून देखिन्छ । विचारणीय कुरा त के छ भने हामी केही नेपालीले बनाएका सफ्टवेयर विकसित देशका नागरिकले प्रयोग गरिरहेका छन् । तर, आफ्नै देशका धेरै आमजनतालाई यसबारे कुनै जानकारी र उपयोगिता नै थाहा छैन । समग्र रूपमा हेर्ने हो भने सूचना प्रविधिको क्ष्ँेत्रमा हामी बामे सर्दै छौं भन्दा मात्र हुन्छ ।
हामीले गरेको अध्ययनले के देखाउछ भने सूचना प्रविधिमा अध्ययन र प्रयोगमा मानिसको चासो नहुनु, यसबाट हुने लाभबारे जानकारी नहुनु नै आइसिटी विकासका चुनौती हुन् । कतिपयलाई त सामाजिक सञ्जालको प्रयोग गर्नु नै प्रविधिको अधिकतम उपयोग हो भन्ने लागेको छ । विभिन्न अनौपचारिक अध्ययनका अनुसार नेपालमा सूचना प्रविधिको विकास सोचेजसरी नहुनुमा ‘जेनेरेशन ग्याप’ नै देखिञ्छ ।
प्रविधिको विकास तीव्र भए पनि पढाउने शिक्षक, सरकारी निकायका कर्मचारी र नीति निर्माण तहका अधिकारीहरूमा प्रविधिको सामान्य जानकारी नहुनु र उनीहरू नै सधैं शक्तिमा विराजमान छन् । अर्कोतर्फ कम्प्युटर शिक्षालाई स्कुल तथा कलेजमा अनिवार्य विषय बनाइएको छैन । कर्मचारीतन्त्र प्रविधि सिकेर आफ्नो कामलाई तीव्रता दिन चाह“दैन । किनभने, हामीभन्दा अघिल्लो पुस्ता प्रविधिलाई आत्मसात् गर्न अझै अप्ठ्यारो महसुस गरिरहेछ । त्यसैले अबको एउटै मात्र सरकारी तथा गैरसरकारी संस्थाबाट चाल्नुपर्ने कदम भनेको सूचना प्रविधिसम्बन्धी चेतना, यसको शिक्षा र शीपमूलक तालिम नै हो ।
शहरमै बस्ने भए पनि महिलाहरूमा अझै प्राविधिक विषय अध्ययनमा रुचि नपाइएको र पाए पनि सूचना प्रविधिमा उनीहरूको उपस्थिति धेरै कम रहेको अध्ययनले देखाउछ ।
सूचना प्रविधि शिक्षा र तालिमविना देशले प्रगति हासिल गर्न सक्दैन । अहिलेको पुस्ता प्रविधिको प्रयोग गरेर आफ्नो भविष्य उज्यालो बनाउन चाहन्छ । तर, शिक्षा र तालिमको अभावकै कारण उनीहरू स्वोदेशमै बेरोजगार भएका कारण खाडी मुलुक गएर कठिन काम गर्न बाध्य छन् ।
अर्को कुरा, आधा आकाश ढाकेका नेपाली महिलाहरू अझै पनि प्रविधिको पहु“चमा पुग्न नसक्नु र उनीहरूमा जनचेतनाको कमी हुनुले सूचना प्रविधिलाइ सबैको पहु“च र प्रयोगमा ल्याउन गाह्रो परिरहेको छ । शहरमै बस्ने भए पनि महिलाहरूमा अझै प्राविधिक विषय अध्ययनमा रुचि नपाइएको र पाए पनि सूचना प्रविधिमा उनीहरूको उपस्थिति धेरै कम रहेको अध्ययनले देखाउछ । त्यसैले अबको पहिलो काम चेतनामूलक कार्यक्रम गाउ“शहरका स्कुल तहदेखि सुरु गर्ने र स“गस“गै उनीहरूलाई विभिन्न सामान्यदेखि उच्चस्तरका तालिम प्रदान गरेर दक्ष बनाउनुपर्ने देखिन्छ ।
धेरैभन्दा धेरै दक्ष जनाश्क्ति उत्पादन गर्ने र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अथवा देशविदेशमा रोजगारीका लागि सक्षम बनाउदा कालान्तरमा देशले नै फाइदा पाउछ । दक्ष जनशक्ति विदेश जा“दैमा र त्यहा“ गएर अझ बढी दीक्षित हु“दैमा राष्ट्रलाई घाटा हु“दैन, राष्ट्रलाई त घाटा त्यतिबेला हुन्छ, जतिबेला त्यो दीक्षित जनशक्ति स्वदेश फर्किंदैन र त्यही“ बस्ने निर्णय गर्छ । त्यसैले, त्यो दीक्षित जनशक्तिलाई स्वदेश फर्किन चाहिने वातावरण राज्यले बनाइदिनुपर्छ. । जब त्यो दक्ष जनशक्ति स्वोदेश फर्केर काम गर्छ, तब मात्र देशले आर्थिक समृद्धिको बाटो समाउछ ।
(लेखक सूचना र सञ्चार प्रविधि समाज नेपालका अध्यक्ष हुन्,
[email protected]
)