कीवर्डहरू -

सरकारले स्टार्टअपलाइ ५० लाखसम्म पुजी अनुदान दिने, यसरी बुझाउनुहोस अनलाइन प्रस्ताब

सरकारले स्टार्टअपलाइ ५० लाखसम्म पुजी अनुदान दिने,  यसरी बुझाउनुहोस अनलाइन प्रस्ताब

नेपाल सरकारले राष्ट्रिय योजना आयोग मार्फत स्टार्टअप (नवप्रवर्तन) को लागि पूँजी अनुदान प्रदान गर्ने उदेश्यले प्रस्ताव आव्ह्वान गरेको छ । आज प्रकाशित सूचना मार्फत आयोगले वेबसाइट मार्फत प्रस्तावहरु मागेको छ ।

नवप्रवर्तन शुरुवाती पूँजी अनुदान सम्वन्धी कार्यविधि २०७६ तथा नवप्रवर्तन सुरुवाती पूँजी अनुदान सम्वन्धी मापदण्ड २०७७ मा व्यवस्था भए बमोजिम नवीनतम ज्ञान, सीप र क्षमता भएका आविश्कारकर्ता, उद्यमी, व्यवसायी, व्यत्ति वा संस्थालाई ५ लाखदेखि ५० लाखसम्म अनुदान दिनेगरी प्रस्ताव पेश गर्न आब्ह्वान गरिएको छ ।


कार्यविधि तथा मापदण्डमा उल्लेखित ढाचामा प्रस्ताव तयार गरी तोकिएको कागजातहरु संंलग्न गराई ३० दिनभित्र राष्ट्रिय योजना आयोगको कार्यालयमा पठाउनुहुन सूचना जारी गरिएको छ । प्रस्ताव पेश गर्न अनलाइन प्रणालीमा रजिस्टर गरी, युजरनेम र पासवर्ड बनाएर लगइन गर्नुपर्ने हुन्छ । यसको लागि आयोगले यो वेबसाइट मार्फत फारम बुझाउन आब्ह्वान गरेको छ ।

कसरी बुझाउने प्रस्ताव ?
राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको वेबसाइटमा गएर सुरुमा आफ्नो नाम, इमेल राखि दर्ता गर्नुपर्नेछ । दर्ता गर्दा राखिएको इमेलमा भेरिफिकेसन आउनेछ, त्यस लिंकलाई क्लिक गरि सुरुमा राखिएको इमेल र पासवर्ड राखेर लगइन गर्न सकिनेछ । त्यसपछि एप्लिकेशन फारम उपलब्ध हुनेछ । त्यसमा आफ्नो आइडिया, काम गर्न खोजेको विवरण, लगानीको बारेमा सम्पुर्ण जानकारी उल्लेख गरी सुरक्षित गर्नुहोस भन्ने बटनमा क्लिक गरी बुझाउन सकिनेछ । यसपछि आयोगले बुझाइएको विवरणबाट मुल्यांकन सुरु गर्नेछ ।


कार्यविधि डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । मापदण्डको बारेमा बुझ्न यहा क्लिक गर्नुहोस । फारमको ढाचा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

\"\"