कीवर्डहरू -

नेपालमा पनि नासा स्पेस एप्स कोभिड १९ च्यालेन्ज हुदै, कोरोनाको प्रभाव र समाधान खोजिने

नेपालमा पनि नासा स्पेस एप्स कोभिड १९ च्यालेन्ज हुदै, कोरोनाको प्रभाव र समाधान खोजिने

विश्वभर कोरोना भाइरसले पारेको प्रभाव र यसको समाधान खोजिको प्रयास स्वरुप नेपालमा पनि नासा स्पेस एप्स कोभिड १९ च्यालेन्ज हुने भएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले इनोवेट नेपाल ग्रुप (आइएनजी) सँगको सहकार्यमा गत वर्ष देखि नेपालमा पनि नासो स्पेस एप्स च्यालेन्ज गर्न थालेको हो ।

मे ३० र ३१ अर्थात जेठ १७ र १८ गते नासा स्पेस एप्स कोभिड १९ च्यालेन्ज नेपालमा पनि  सञ्चालन हुदैछ । कार्यक्रमको लागि दर्ता बैशाख ३० गते मंगलबार देखि विश्वव्यापी रुपमै खुला गरिदैछ ।

यस ४८ घण्टे विश्वव्यापी भर्चुअल ह्याकथनमा सहभागीहरुले अमेरिकी अन्तरिक्ष संस्था नेसनल एरोनोटिक्स स्पेस एड्मिनिस्ट्रेसन (नासा), युरोपेली अन्तरिक्ष सस्था युरोपियन स्पेस एजेन्सी (इसा) तथा जापानिज अन्तरिक्ष संस्था जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) द्वारा प्रदान गरिने डाटा तथा तथ्यांकमा काम गर्दै कोभिड १९ को समाधानका उपाए खोज्ने प्रयास गर्नेछन् ।

यस ४८ घण्टाको अवधिमा विश्वभरिका सहभागीहरूले भर्चुअल टोलीहरू सिर्जना गर्नेछन् र कोभिड १९  महामारी सम्बन्धी मुद्दाहरूको समाधान विकास गर्न पृथ्वी अवलोकन डाटा प्रयोग गर्नेछन् ।

‘यस कार्यक्रममा भाग लिन नेपाल तथा विदेशमा अध्ययनरत तथा कार्यरत नेपालीहरुलाई आह्वान गर्न चाहन्छौं। हामी यस चुनौतीमा सामेल भएर नासा, इसा तथा जक्साद्वारा प्रदान गरिने पृथ्वीको अवलोकनको तथ्यांकलाई केलाउंदै समाधान खोज्ने प्रयासमा नेपाली कोडर, उद्यमी, वैज्ञानिक, डिजाइनर, कथाकार, निर्माता, निर्माणकर्ता, कलाकार तथा प्राविधिज्ञहरुलाई आह्वान गर्न चाहन्छौं’ नासोको विज्ञप्तिमा भनिएको छ ।

नासा स्पेस एप्स कोभिड १९ च्यालेन्ज निम्नलिखित विषयगत क्षेत्रहरूमा केन्द्रित रहनेछ

• अन्तरिक्षबाट प्राप्त तथ्यांकको आधारमा भाईरस तथा यसको फैलावटको अध्ययन
• स्थानीय प्रतिक्रिया, परिवर्तन र समाधानहरू
• कोभिड-१९ को पृथ्वी-प्रणाली, पृथ्वी-प्रणाली प्रतिक्रियामा प्रभाव
• कोभिड-१९ को समयावाधि तथा आगामी दिनमा हुने आर्थिक अवसर, प्रभाव र रिकभरीको अवस्था