कीवर्डहरू -

स्न्यापड्रयागन ७६८ जी प्रोसेसर प्रयोग गरिएको साओमीको नयाँ फोन सार्वजनिक

स्न्यापड्रयागन ७६८ जी प्रोसेसर प्रयोग गरिएको साओमीको नयाँ फोन सार्वजनिक

साओमीले चीनमा रेडमी के ३० फाइभ जी एक्सट्रिम इडिसन सार्वजनिक गरेको छ । रेडमी के ३० फाइभ जी एक्सट्रिम इडिसन सेतो, निलो, रातो र पर्पल कलरमा उपलब्ध रहेको छ । यसको मूल्य १९९९ युआन रहेको छ ।

यस फोनमा भर्खरै सार्वजनिक भएको क्वालकमको स्न्यापड्रयागन ७६८ जी प्रोसेसर प्रयोग गरिएको छ । यो चीपसेट १५ प्रतिशत फास्ट रहेको भनाई छ । स्न्यापड्रयागन ७६८ जी प्रोसेसर प्रयोग गरिएको यो पहिलो फोन रहेको छ ।

यो फोन १२० हर्ज रिफ्रेस रेट सहित ६.६७ इन्च फुल एचडी प्लस डिस्प्ले  रहेको छ । यसमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम रहेको छ । भने कम्पनीको आफ्नो एमआईयुआई ११ राखिएको छ ।

रेडमी के ३० फाइभ जी एक्सट्रिम इडिसनमा ६४ मेगापिक्सेल मुख्य सेन्सर सहित क्वाड क्यामेरा रहेको छ । यसमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

यो फोन ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेजको साथमा उपलब्ध रहेको छ । इन्टर्नल स्टोरेजलाई ५१२ जीबीसम्म बढाउन सकिन्छ । यसमा ४५०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । जसले फास्ट चार्जिङ सपोर्ट गर्छ ।