कीवर्डहरू -

साइबर ब्यूरोले भन्योः फोन तथा इमेल लगायतका माध्यमबाट कसैले आफ्नो जानकारी मागेमा नदिनु

साइबर ब्यूरोले भन्योः फोन तथा इमेल लगायतका माध्यमबाट कसैले आफ्नो जानकारी मागेमा नदिनु

म साइबर क्राईमबाट बोलेको वा साइबर सेक्युरिटीबाट कल गर्दैछौं भनेर फोन आएमा कसैलाई आफ्नो जानकारी नदिन नेपाल प्रहरीको साइबर ब्यूरोले आग्रह गरेको छ ।

साइबर ब्यूरोले सोमबार एक सूचना प्रकाशित गरी फोन तथा इमेल लगायत कुनैपनि माध्यमबाट आफ्नो जानकारी माग भएमा कोही कसैसँग आफ्नो गोप्य वा कुनै किसिमको सूचना आदान प्रदान नगर्न आग्रह गरेको हो ।

\"\" ब्यूरोले ‘म साइबर क्राईमबाट बोलेको’ वा ‘साइबर सेक्युरिटीबाट कल गर्दैछौं’ भन्ने जस्ता भाम्रक विवरण र प्रहरीको हवाला दिदै केही समय देखि अपरिचित व्यक्तिहरुले अश्लिल फोटो तथा भिडियो पठाउन लगाई ब्ल्याकमेलिङ गर्ने र सामाजिक सञ्जालमा पोष्ट गरी चरित्र हत्या गर्ने क्रियाकलापहरु गर्ने गरेकाले यस्ता किसिमको घटनाको अनुसन्धान साइबर ब्युरोबाट भइरहेको जानकारी दिएको छ ।

फोन तथा इमेल लगायत कुनैपनि माध्यमबाट आफ्नो बारेमा जानकारी माग भएमा साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराउन ब्यूरोले अनुरोध गरेको छ ।