समिक्षा गौतम
प्रविधिले एकदमै फड्को मारिरहेको अहिलेको यो समयमा सबै क्षेत्रमा यसको प्रभाव् उत्तिकै परेको छ । विद्यालर्य ्शिक्षा सिकाइमा पनि यसको उत्तिकै प्रभाव पर्नु हाम्रो लागि कुनै आश्चर्यको कुरा होईन । कक्षा कोठामा शिक्षा र सिकाइमा प्रविधिको प्रयोग गरेर विद्यार्थीहरुलाई शिक्षा दिनु डिजिटल शिक्षा र सिकाइ हो ।
जादै छन ति दिनहरु जहाँ, विद्यार्थीहरुले कापि, कलम बोकेर स्कुल आउंथे र शिक्षकहरुले कालोपाटी सेतोपाटीमा पढउथे । अब बिस्तारै यि कुराहरुलाई डिजिटल प्रविधिले बदल्दैछ । विद्यार्थीहरु अब ल्यापटप, ट्याब्लेट बोकेर पढ्न आउनेछन र शिक्षकहरु पनि प्रोजेक्टर, ल्यापटप र अरु डिजिटल सञ्चारका मध्यमबाट शिक्षा प्रदान गर्नेछन ।
जकालका बालबालिकाहरु सानै उमेर देखिनै डिजिटल प्रविधीसँग परिचित भइरहेका छन । आफ्नो जुत्ता को तुना बांध्न न आए पनि मोवाइलमा गेम खेल्न मज्जाले आउछ । अहिलेका बालबालिकाहरु प्राथमिक शिक्षा भर्ना हुनु अगाडी नै कम्प्युटरमा साधारण शिक्षित भैसकेका हुन्छन ।
शिक्षा र सिकाइमा डिजिटल प्रविधीको प्रयोगले शिक्षा आदान प्रदान गर्ने तरिका नै फरक पारिदिन्छ, । यसलाई एक नयाँ उचाइंमा पुगाउँन मद्धत गरेको छ । डिजिटल शिक्षले सारा संसारको ज्ञान नै दिन सक्छ, त्यती विशाल रिसोर्सेस रहेको छ ।
डिजिटल शिक्षा र सिकाइले परम्परागत शिक्षा र सिकाइको आकार बदल्दै छ । आजकालको धेरै जसो विद्यालय र क्याम्पसका कक्षा कोठाम प्रोजेक्टर जडान गरिएको हुन्छ, कुनै विद्यालयहरुले पढाईका लागि भनेर प्रत्येक विद्यार्थीलाई ट्याब्लेट र ईन्टरनेटको सुविधा प्रदान गरिरहेको छ । शिक्षकहरु पनि आफ्नो ल्यापटपमा स्लाइड बनाएर प्रोजेक्टर वा इन्फ्रारेड स्क्रिा जडान गरेर विद्यार्थीहरु लाई सिकाइ रहेका छन ।
शिक्षा र सिकाइमा डिजिटल प्रविधीको प्रयोगले शिक्षा आदान प्रदान गर्ने तरिका नै फरक पारिदिन्छ, । यसलाई एक नयाँ उचाइंमा पुगाउँन मद्धत गरेको छ । डिजिटल शिक्षले सारा संसारको ज्ञान नै दिन सक्छ, त्यती विशाल रिसोर्सेस रहेको छ । ईन्टरनेटको प्रयोग गरेर पनि विद्यार्थी र अरुले पनि डिजिटल शिक्षा र सिकाइ को लाभ उठाउदै छन । डिजिटल शिक्षाले एउटा नयाँ बाटो खोल्न पनि मदत पुर्याएको छ, र त्यो हो ‘म्ष्कतबलअभ भिबचलष्लन’, । यो भनेको संसारको एक कुनामा बसेर अर्को कुनाको संस्था या युनिभर्सिटीबाट त्यहाँंको शिक्षा र डिग्री हासिल गर्नु हो । यो पनि सम्भव भएको छ डिजितल शिक्षा ले ।
तर अहिले डिजिटल शिक्षा र सिकाइ विकसित र शहरी क्षेत्रमा मात्र परिचित छ । दुर्गम क्षेत्रमा अहिले पनि राम्रो शिक्षाको अभाव छ । यदी डिजिटल शिक्षा त्यस्ता दुर्गम विद्यालयमा पुगाउँन सक्यौं भने उनि हरुलाई शहर कै उत्कृष्ट शिक्षा प्रदान गर्न सकिन्छ । कक्षा कोठामा ईन्टरनेट, स्मार्ट बोर्ड, इन्टरर्याक्टिभ स्क्रीनहरु को प्रयोगबाट डिजिटल शिक्षा को फाइदा उठाउँन सकिन्छ । डिजिटल शिक्षा र यसको भविष्यका लागि नेपाल सरकारले शहरीक्षेत्रमा मात्र होइन, दुर्गम क्षेत्रका विद्यालयमा पनि ईन्टरनेट र डिजिटल शिक्षको सुविधा प्रदान गर्नुपर्छ ।
नेपालमा चलेका केहि डिजिटल शिक्षाका प्रयासहरु
- शिक्षा मन्त्रालयले ओएलइ र सिडिसीको सहकार्यमा सिकाई चौतारी नामक अनलाइन लर्निङ प्लाटफर्म सुरु गरेको छ ।
- मिदास इ क्लासले डिजिलट कन्टेन्ट, एनिमेशन, इन्टर्याक्टिभ अभ्यासहरु मार्फत डिजिटल शिक्षा प्रदान गरिरहेको छ ।
- निमा एकेडेमीले विभिन्न कक्षाका कोर्सहरु डिजिटलाइज गर्दै डिजिटल एजुकेशनमा सफ्टवेयर सोलुसन पनि प्रदान गरिरहेको छ ।
- स्मार्टर एपले विभिन्न कोर्सहरुको भिडियो कन्टेन्टहरु एपमार्फत उपलब्ध गराइरहेको छ । यस्तै अरु केहि एपहरुले पनि ब्रिज कोर्स, इन्ट्रान्सको लागि तयारी गर्न डिजिटल कन्टेन्ट सामग्रीहरु उपलब्ध गराइरहेका छन ।
- कुलल्याब स्मार्ट स्कुल, जसले डिजिटल पुस्तकहरु मार्फत विद्यालय र विद्यार्थीलाई डिजिटल शिक्षा प्रदान गर्न सहयोग गरिरहेको छ ।
- काठमाण्डांै र त्रिभुवन विश्वविद्यालयहरुले विदशी संस्था तथा विश्वविद्यालयहरुसगको सहकार्यमा इ लर्निङको केहि कामहरु भइरहेको छ ।
- अहिले मोवाइल एप्लिकेशन, सफ्टवेयरहरुले पनि डिजिटल लर्निङमा सहयोग गरिरहेका छन ।
- सिडिसीले पनि विद्यालयस्तरको कन्टेन्ट डिजिटलाइज गर्ने काम गरिरहेको छ । यसैगरी केहि टेलिभिजन र रेडियोहरुबाट अनलाइन पढाइको अभ्यासहरु भइरहेको छ ।
- ओएलई नेपालले नेपाल भर निशुल्क डिजिटल शिक्षा प्रदान गर्ने उद्धेश्य लिएर काम गरिरहेको छ ।
डिजिटल शिक्षाले शिक्षा आदान प्रदान गर्ने स्तर नै धेरै माथि पुर्याएको छ र कोरोनाको लागि भएको लकडाउनसँगै नेपालमा अधिकांश विद्यालयले डिजिटल शिक्षालाई अपनाउने छन । डिजिटल शिक्षा शहरी विद्यालयमा मात्र नभइ ग्रामीण क्षेत्रका विद्यालयमा समेत अपनाउनुपर्छ र विद्यार्र्थीहरुलाई ज्ञानको नयाँ ढोका खोल्न मदत गर्नुपर्छ ।
लेखिका अमेरिका स्थित विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत छिन ।