कीवर्डहरू -

डिजास्टर रिकभरी केन्द्र, यसका विशेषता र सेवाहरु

डिजास्टर रिकभरी केन्द्र,  यसका विशेषता र सेवाहरु

\"\"

इ. प्रविण चौहान

डाटा सेन्टर एक  डाटा भण्डारण, व्यवस्थापन, प्रशोधन र आदानप्रदान गर्नको लागि एक एकीकृत स्थान हो जहा उच्च क्षमताको   कम्प्युटर पूर्वाधार सुविधाहरू जस्तै सर्भर, राउटर, स्विच र फायरवाल, साथै ब्याकअप उपकरणहरू,अग्नि पत्ता लगाउने तथा नियन्त्रण   प्रणाली, र वातावरण अनुकूलन व्यवस्थापन (Heating Ventilating & Air Conditioning) जस्ता सहयोगी प्रणालीहरु   राखिन्छन ।

अर्थात् डाटा सेन्टर एक भवन हो, भवन भित्र सम्बन्धित कम्पोनेन्टहरू प्रयोग गरि सेवाका लागि समर्पित कम्प्युटर प्रणालीहरूको होस्ट गरिन्छ । जसले Co-location सेवा, डाटा र नेटवर्क सुरक्षा, आपतकालिन रिकभरी, व्यवसाय निरन्तरता र अनुकूलित सुविधाहरूको साथसाथै अन्य व्यवस्थित सेवाहरूको होस्ट प्रदान गर्दछ ।

संचार क्षेत्रको उल्लेखनीय विकास द्वारा विश्व तिब्र गतिमा एउटा सिङ्गो समाज (Global Village) मा परिवर्तन भइरहेको छ । यो सुचना संचालित समाजमा सूचना संचार तथा प्रविधिले साच्चै नै महत्वपूर्ण र अपरिहार्य भूमिका खेल्छ । २१ औ सताव्दीलाई आत्मासाथ गर्दै, संसारका हरेक राष्ट्रहरुले सुचना प्रविधि (आईटी) लाई अँगाल्दै आएका छन् । संसारको हरेक भागमा – औधोगिक देखि विकासोन्मुख देशहरूसम्म केन्द्रीय र स्थानीय सरकारहरुले, आफ्ना अति महत्वपूर्ण सुचनाहरु अनलाईनमा राखिरहेका छन । बृहत प्रक्रियाहरु स्वचालित गरिरहेका छन् र आफ्ना नागरिकहरुसँग विधुतीय माध्यमबाट अन्तरक्रिया गरिरहेका छन् ।

उल्लेखित विषयलाई मध्यनजर गर्दै नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबारले कोरिया अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (KOICA) को सहयोगमा डिजास्टर रिकोभरी केन्द्र हेटौडाको हुप्राचौरमा निर्माण सम्पन्न गरि संचालनमा आएको छ ।

सरकारी सेवा तथा सूचनामा सर्वसाधारणको पहुँच छिटो तथा छरितो रुपमा पुर्याउन सरकारी निकायहरुले विद्दुतीय सेवा तथा वेवसाइट निर्माण गरि संचालन गर्दै आइरहेको छ । हाल संचालनमा रहेका विधुतीय सेवा तथा वेभसाइट विशेष गरि सिंहदरवार स्थित सरकारी एकीकृत डाटा केन्द्र (GIDC) मा होस्ट भइरहेको छ । यसरी सबै सरकारी निकायका अत्यावश्यक र संवेदनशील सेवा तथा सूचना एकै ठाउबाट होस्ट हुँदा प्राकृतिक विपत्ति, मानवीय त्रुटी वा प्राविधिक कारणले सेवा अवरुद्ध हुन गएमा राष्ट्रले ठुलो क्षति व्यहोर्नु पर्ने हुन्छ ।

सबै सरकारी निकायका अत्यावश्यक र संवेदनशील सेवा तथा सूचना एकै ठाउबाट होस्ट हुँदा प्राकृतिक विपत्ति, मानवीय त्रुटी वा प्राविधिक कारणले सेवा अवरुद्ध हुन गएमा राष्ट्रले ठुलो क्षति व्यहोर्नु पर्ने हुन्छ ।

यस तथ्यलाई मध्यनजर गरि सिंहदरवार स्थित सरकारी एकीकृत डाटा केन्द्र (GIDC) संचालन हुन नसकेको खण्डमा पनि सरकारी विधुतीय सेवालाई निरन्तरता दिन  वैकल्पिक डाटा सेन्टरको रुपमा यस केन्द्रको स्थापना भएको हो । यस केन्द्रले सरकारी सफ्टवेयर र डाटा ब्याकअप तथा रिकोभरी सेवाका अतिरिक्त सूचना प्रविधि सम्बन्धि अन्य विभिन्न सेवाहरु उपलव्ध गराउदै आएको छ।यस डाटा सेन्टरका विशेषता र प्रदान गर्ने सेवाहरु तल उल्लेख गरिएको छ ।


डाटा रिकभरी सेन्टरका विशेषहरु :

१.उच्च क्षमताको कम्प्यूटिङ पूर्वाधार
डिजाइन, निर्माण, अपरेटेड र प्रबन्ध गरिएको डाटा सेन्टर कुञ्जी स्थानहरूमा परिष्कृत स्तरको लचीलापन, सुरक्षा र विस्तृत जडानको साथ परिचालन विशेषज्ञता प्रदान गर्नका लागी डिजास्टर रिकभरी केन्द्रको डाटा इन्फ्रास्ट्रक्चर स्केलेबल, भरपर्दो छ र सरकारी दैनिक कार्यालय संचालनका आवश्यकताहरू पूरा गर्नका आफ्नो डाटामा १००५ नियन्त्रणमा राखी २४र७ मद्दत गर्दछ ।

२.भण्डारण क्षेत्र प्रणाली (SAN)
Storage Area Network एकापसमा सम्बन्धित भण्डारण यन्त्रहरू र डाटा सर्भरको एक संजाल हो । SAN ले सामान्य प्रयोगकर्ता नेटवर्कको भण्डारण स्रोतहरू सार्दछ र तिनीहरूलाई स्वतन्त्र, उच्च(प्रदर्शन नेटवर्कमा पुनर्गठन गर्दछ ।

३.उच्च गति स्थानीय क्षेत्र प्रणाली (LAN)
एक स्थानीय क्षेत्र नेटवर्क (ल्यान) एक कम्प्युटर नेटवर्क हो जुन सीमित क्षेत्रमा जस्तै एक निवास, विद्यालय, प्रयोगशाला, विश्वविद्यालय क्याम्पस वा कार्यालय भवनको बीचमा कम्प्युटरहरूलाई जोड्दछ ।

४.उच्च गति इन्टरनेट जडान
डिजास्टर रिकोभारी केन्द्रमा उच्च गतिको इन्टरनेट र त्यसको अलावा एक व्याकप इन्टरनेट सेवा प्रदायकबाट लिइएको छ ।
५. २४x७x३६५ सहायता
विधुतीय शासन युगमा सरकारले २४x७ आधारमा नागरिकलाई आफ्नो सेवाहरु वितरण गर्न स्थिर पूर्वाधार चौबिसे घण्टा चालु राख्दछ ।

६.बहु स्तर बैकल्पिक शक्ति जगेडा
आकस्मिक जेनेरेटर (320 KVA 2 वटा), यु.पी.एस. – Redundant 120KVA, 120KVA, ब्याट्रीहरु 480 थान(2V, 400 Ah) साथै मुख्य प्रसारण लाइन बाट आएको लाइनमा ३ वटा ट्रान्सफर्मर (300 KVA), सर्भर र General Lightening को लागी फरक फरक विधुत स्विचिङ प्रणाली रहेको छ ।

७. वातानुकुल व्यवस्थापन
आईटी पूर्वाधारको अनुकूलता शिर्जना गर्न Air Circulation System: HVAC-Heating Ventilating and Air Condition_, CRAC-Computer Room Air Condition) को व्यवस्था गरिएको छ ।

८. अग्नि पत्ता लगाउने तथा नियन्त्रण प्रणाली
विपत्ति आएको समयमा विपत्ति निवारण गर्न उच्च क्षमताको Fire Fighting / Leakage Detection  सिस्टम जडान गरिएको छ ।

सेवाहरु

  • Domain रजिस्ट्रेसन : यस केन्द्रले सरकारी निकायहरुलाई Domain Registration -www.officeName.gov.np सेवा उपलव्ध गराउदै आएको छ ।
  • ईमेल सेवा : यस केन्द्रले सरकारी निकायहरुलाई [email protected]) सेवा उपलव्ध गराउदै आएको छ ।
  • जनशक्ति तालिम : यस केन्द्रले विभिन्न मन्त्रालय र विभाग र कार्यालयमा आधारभूत तथा एडभान्सका साथै Expert तहका तालिमहरु संचालन गरिरहेको छ । साथै माग भए बमोजिमका सूचना प्रविधि सम्बद्द कुनै एक विषयमा तालिम प्रदान गरिन्छ ।
  • सर्भर कोलोकेसन सेवा : यस केन्द्रबाट भिपिएस तथा कोलोकेसन सेवा प्राप्त गर्दा आवश्यकता हेरी Public IP समेत उपलव्ध गराउदै आएको छ ।
  • परामर्श सेवा : यस केन्द्रले सरकारी निकायहरुलाई परामर्श तथा सुझाव, कम्प्युटर सम्बन्धि अवधारणाहरु जस्ता सूचना प्रविधि सम्बन्धि निम्नलिखित सेवा उपलव्ध गराउदै आएको छ ।

    सूचना प्रविधि पूर्वाधार योजना र व्यवस्थापन
    कम्प्युटर तथा कम्प्युटर जन्य ICT सामाग्रीहरुको खरिद(विक्रीमा कार्यशर्त विवरण), लागत अनुमान (Estimate) र मूल्यांकन (Inspection)
    सफ्टवेयर तथा वेवसाइट निर्माणमा परामर्श सेवा
    तालिमहरु संचालनका लागि परामर्श

* नोटस् : माथी उल्लेखित निशुल्क सेवाका लागि यस केन्द्रलाई औपचारिक पत्र पठाउनुपर्नेछ ।


तसर्थ, प्रविधिमा गतिशील र परिवर्तनशील विश्व समाज, राज्यको बढ्दो सूचना प्रविधिको मागलाई पूर्ति गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारी तथा जिम्मेवार निकायहरु मिली उपलव्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी ज्ञानमा आधारित विधुतीय शासन युक्त प्रगतिशील समाज निर्माण गर्न सके विकसित देशको आधार निर्माण हुने थियो ।

( * लेखक डिजास्टर रिकभरी केन्द्रका कम्प्युटर इन्जिनियर समेत हुन ।)